होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मतदाता शिक्षा अभियान प्रारम्भ
देश/प्रदेश

मतदाता शिक्षा अभियान प्रारम्भ

  • नागरिक रैबार
मतदाता शिक्षा अभियान प्रारम्भ

काठमाडौं, ६ फागुन । निर्वाचन आयोगले ‘लोकतन्त्रको सवलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने नाराका साथ मतदाता शिक्षा अभियान प्रारम्भ गरेको छ । आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन, निर्वाचनको महत्व बुझाउन र आफुले इच्छाएको उम्मेदवारलाई मत दिन सक्षम बनाउने उद्देश्ले चौथो निर्वाचन दिवसका अवशरमा अभियान सुरु गरिएको हो ।

आयोगले मंगलबार निर्वाचन शिक्षा सम्बन्धि स्रोत पुस्तिका समेत सार्वजनिक गरेको छ । युएनडिपी इएसपीको सहयोगमा १७ प्रकारका निर्वाचन शिक्षा सम्बन्धि पुस्तिका सार्वजनिक गरिएको हो ।

प्रकाशित पुस्तिकाहरुले निर्वाचन र नागरिक शिक्षामा क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो ।

विज्ञापन

आयोगले निर्वाचन र मतदाता सम्बन्धि विषयमा जानकारी गराउन र आफ्नो मताधिकार र मतको महत्व बोध गराई निर्वाचनमा आफ्नो सहभागिता जनाउन ‘एक भोट’ नामक लघु चलचित्रको निर्माण गरी प्रशर्दन पनि थालेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार