होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बैतडीका जनप्रतिनिधीले लेखे प्रधानमन्त्री ओलीलाई पत्र
देश/प्रदेश

बैतडीका जनप्रतिनिधीले लेखे प्रधानमन्त्री ओलीलाई पत्र

  • नागरिक रैबार
बैतडीका जनप्रतिनिधीले लेखे प्रधानमन्त्री ओलीलाई पत्र

बैतडी: बैतडीका जनप्रतिनिधीहरुले पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन्।

२८ वर्षदेखि अलपत्र रहेको ७५० मेगावाट क्षमताको राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि बैतडीका ३ स्थानीय तहका जनप्रतिनिधिले पत्र लेखेका हुन।

जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र मेलौली नगरपालिकाका जनप्रतिनिधीले प्रधानमन्त्रीलाई पत्र लेखेको थलीका संयोजक यादव जोशीले बताए।

विज्ञापन

बोलन्या थलीले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहहरुबाट पत्र संकलन गरेर प्रधानमन्त्रीलाई १ लाख पत्र बुझाउने अभियान चलाएको छ।

बोलन्या थली पश्चिम सेती निर्माणको लागी संघर्ष गर्दै आइरहेको मञ्च हो। थलीले हालसम्म माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल, सङ्गीत सङ्घर्ष कार्यक्रम गरिसकेको छ।

त्यसैगरी सरकारको खोजीको लागि भन्दै डोटीमा दिउँसै टुकी बालेर प्रदर्शन तथा ‘डोटीका सपनाका ७५० डोका’ आन्दोलन पनि गरिएको थियो।

यस्तै ‘पश्चिम सेतीका लागि सुदूरपश्चिम दौडिन्छ’ नाराका साथ २०७८ वैशाख १ गते काठमाडौँमा म्याराथन आयोजन गरिने संयोजक जोशीले जानकारी दिए। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार