होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • कैलालीका ३१ सहित सुदूरपश्चिमका थप ५७ जनामा कोरोना पुष्टि
स्वास्थ्य-जीवनशैली

कैलालीका ३१ सहित सुदूरपश्चिमका थप ५७ जनामा कोरोना पुष्टि

  • नागरिक रैबार
कैलालीका ३१ सहित सुदूरपश्चिमका थप ५७ जनामा कोरोना पुष्टि

धनगढीः सुदूरपश्चिमका थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार ४०८ नमूना परीक्षण गर्दा कैलालीका ३१सहित ५७ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका थप १२ जनामा संक्रमण देखिएको जानकारी दिए।

यस्तै कैलालीकै भजनी नगरपालिकाका ५ जना, यस्तै गोदावरी नगरपालिका, कैलारी गाउँपालिका र जानकी गाउँपालिकाका २/२ जना, टीकापुर नगरपालिकाका १ जना र केलालीकै ठेगाना नखुलेका ७ जनामा संक्रमण पुष्टि भएको छ।

विज्ञापन

उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ जना, बेदकोट नगरपालिकाका २ जना, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाका १/१ जना, यस्तै कञ्चनपुरकै ठेगाना नखुलेका ३ जनामा पनि संक्रमण देखिएको छ।

यसैगरी बाजुराको बडीमालिका नगरपालिकाका १४ जना र दार्चुलाका १ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार