होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वामदेव भए राष्ट्रियसभा सदस्य
समाचार

वामदेव भए राष्ट्रियसभा सदस्य

  • नागरिक रैबार
वामदेव भए राष्ट्रियसभा सदस्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा रिक्त रहेको एक सदस्यमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत गरेकी छन् । 

राष्ट्रपति कार्यालय स्रोतले राष्ट्रपति भण्डारीले नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यका लागि मनोनीत गरेको जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार पठाएको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको स्रोतले बताएको छ ।

भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । २०७४ सालको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम बर्दियाबाट पराजित भएका गौतम पटक-पटकको प्रयासपछि  राष्ट्रियसभा सदस्य बन्‍न सफल भएका हुन् ।

विज्ञापन

राष्ट्रियसभामा ६ महिनादेखि खाली रहेको मन्त्रिपरिषद्को‍ सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने एकजना सदस्यमा मन्त्रिपरिषद्ले‍ गौतमलाई सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार