सोमवार, अशोज ५, २०७७
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • ओजोन तहको असुरक्षा नै बन्दैछ खाद्य संकटको कारण ?
स्वास्थ्य-जीवनशैली

ओजोन तहको असुरक्षा नै बन्दैछ खाद्य संकटको कारण ?

  • नागरिक रैबार
ओजोन तहको असुरक्षा नै बन्दैछ खाद्य संकटको कारण ?

जलवायु परिवर्तनको प्रत्यक्ष असर स्वरूप भारतमा सन् २००५ मा ६० लाख टन गहुँ, चामल, सोयाबिन र कपासको बाली नोक्सान भयो । यो नोक्सानीले त्यतिबेला धेरै किसानहरूले आत्महत्या गर्नुपरेको समेत तथ्यांकले देखाएको छ ।

त्यसको तीन वर्षपछि सन् २००८ मा जलवायु परिवर्तनका कारण नै नेपाल लगायतका मुलुकमा केही समयमा नै गम्भीर खाद्य संकट निम्तिन सक्ने चेतावनी पनि दिइयो । कृष्ण बहादुर कार्कीले वायुमण्डलीय कार्बन र यसको खाद्य सुरक्षामा पर्ने असरको बारेमा गरेको सो अध्ययनले यसरी नै जलवायु परिवर्तनलाई नरोक्ने हो भने निकट भविष्यमा नै गम्भीर संकट निम्तिने चेतावनी दिइएको थियो ।

त्यस्तै, २०१५ को सुरुवातमा रघुवीर विष्ट, खेतराज बराल र रामप्रसाद ज्ञवालीले पश्चिमी हिमाली भेगका पानीको मुहानमाथि रहेको संकटको विषयमा गरेको अध्ययनले पनि जलवायु परिवर्तनको बरेमा चेतावनी दिएको थियो ।

विज्ञापन

भारतीय प्रौद्योगिक संस्थान कानपुरले हालसालै गरेको अनुसन्धानमा यो कुरा पत्ता लागेको छ कि सन् २०१२ र २०१३ को बीचमा भारतलाई ९० लाख टन गहुँ र २६ लाख टन धान नोक्सान भयो । यो न त सरकार न त किसानका कारण भएको हो । यो त सरकारी विश्वभरि थुप्रिएको परावैजनी किरणका कारण पृथ्वीमा परेको असरको कारण हो भन्नेमा अधिकांश वैज्ञानिकहरू सहमत छन् ।

नर्वे र अन्य देशका पनि यस्तै समस्या चरम सीमामा पुगेको छ । अन्वेषकहरूले पनि बढ्दो क्षतिको कारण पत्ता लगाउन प्रयास गरिरहेका छन् । यी सबै अनुसन्धानहरूले बालीनालीलाई हुने क्षतिको एउटा मुख्य कारण भनेको जमिनमा परेको ओजोनको असर हो भन्ने प्रारम्भिक जानकारी सबैले संकलन गरिसकेका छन् ।

के हो ओजोन तह ?

ओजोन तह अक्सिजनको तीन अणु मिलेर बनेको एउटा प्रतिरक्षा प्रणाली हो । जसले सूर्यबाट आएको परावैजनी किरणलाई रोकेर पृथ्वीलाई बस्न योग्य बनाउने गरेको छ । तर बढ्दो कार्वन उत्सर्जनका कारण यो तह कमजोर बन्दै गएको भन्ने वैज्ञानिकहरूको निष्कर्ष छ । सवारी साधनहरू, पावर प्लान्टहरू, रिफाइनरीहरू र अन्य स्रोतहरूबाट उत्पन्न हुने हानिकारक ग्यासले प्रत्येक वर्ष ओजोन तहमा नकारात्मक असर सिर्जना गरिरहेको छ ।

काठमाडौंमा हरेक जाडो मौसममा वायुप्रदूषणले खतराको तह पार गर्छ । भारतको राजधानी दिल्लीमा त हिउँदमा धुवाँले हरेक वर्ष जनजीवन नै कष्टकर बनाउने गर्छ । यही ओजोनको तहमा आएको समस्याले नेपाल र भारत जस्ता मुलुक मात्रै नभएर विश्वभरका मुलुकमा वातावरणीय समस्या सिर्जना हुने गरेको छ ।

मान्छेको स्वास्थ्यमा ओजोन तहको ह्रासको असर

ओजोन तहको ह्रासले पृथ्वीमा परावैजनी किरणको मात्रा बढाउँछ जुन पृथ्वीको सतहमा पुगेपछि विभिन्न किसिमका समस्याहरू निम्तिने गर्छ । प्रयोगशाला र एपिडेमियोलोजिकल अध्ययनहरूले देखाए अनुसार परावैजनी किरणका कारण मानव स्वास्थ्यमा तत्कालीन तथा दीर्घकालीन असर गर्ने गर्छ । यसले छालाको क्यान्सर, मोतियाबिन्दु लगायत आँखा र छाला सम्बन्धी विभिन्न किसिमका रोगहरू निम्त्याउने गर्छ ।

बोटबिरुवामा ओजोन तहको ह्रासको असर

यस्ता विकिरणले बोटबिरुवामा समेत विभिन्न समस्याहरू निम्त्याउने गर्छ । बोटहरूको शारीरिक विकास प्रक्रियामा यसले असर गर्छ । यी प्रभावहरू कम गर्न वा मर्मत गर्ने विभिन्न संयन्त्रहरूका बाबजुद पराबैजनी किरणको स्तरमा बढिरहेको छ । यसको लागि कार्बन उत्सर्जन रोक्नुको विकल्प नरहेको वैज्ञानिकहरू बताउँछन् ।

यो विकिरणका कारण हुने अप्रत्यक्ष परिवर्तनहरूमा प्लान्टको रूप परिवर्तन, रुख बिरुवाहरूको विकासको चरणमा देखिएको असर आदि रहेका छन् । यी परिवर्तनहरूले विभिन्न किसिमको वनस्पतिजन्य समस्याका साथै जैविक चक्रको लागि समेत महत्वपूर्ण प्रभाव पार्न सक्छ ।

नेपालको खाद्य सुरक्षामा जलवायु परिवर्तनको असर

नेपाल जर्नलमा प्रकाशित अनुसन्धानमूलक लेख एट्मोसफियरिक कार्बन एण्ड फुड सेक्युरिटी अफ नेपालका अनुसार ग्लोबल वार्मिंगले खाद्य सुरक्षामा हानिकारक प्रभाव निम्त्याउन सक्ने देखिएको छ । नेपालको खाद्य सुरक्षाको विषयमा गरिएको विभिन्न अध्ययनहरूले यो समस्या झनै जटिल बन्दै गएको देखाएको छ ।

सो अध्ययन अनुसार विशेष गरी नेपाल जस्तो विकासशील देशहरूमा पछिल्ला केही वर्षदेखि, खाद्य अभाव बढ्दो मात्रामा छ । आधुनिक उत्पादन प्रविधिको नाममा उन्नत बीउ, रासायनिक मल आदिले एकातर्फ माटोको स्वास्थ्यमा असर गरिरहेको छ भने अर्कोतर्फ जलवायु परिवर्तनका कारण समयमा हुन नसक्ने वर्षाका कारण पनि उत्पादनको लागि समस्या हुने गरेको छ । पराश्रित अर्थतन्त्र भएको नेपालको उत्पादनमा भएको असरको मुख्य कारण जलवायु परिवर्तन नै भएको अध्ययनको निष्कर्ष छ ।

सिँचाइ सुविधामा कमी, तालिमप्राप्त प्राविधिक जनशक्ति र खाद्यान्न उत्पादनको सम्पूर्णतामा वर्षेनि जोखिम थपिँदै गएको छ ।

हाम्रो मुख्य चुनौती भनेको नै पछिल्ला केही वर्षहरूमा वर्षाको आधारमा हुने खेतीहरू कम हुँदै गएको छ । फलफूल, तेलहन जस्ता बालीको उत्पादनलाई बढाउन सकिसकेका छैनौं । खाद्य सुरक्षामा न केवल खाद्य उपलब्धता मात्र पोषण सुरक्षा र वातावरणीय सुरक्षा सामेल छ । वातावरणमा कार्बन बढेको सन्दर्भमा खाद्य सुरक्षा प्राप्त गर्नको लागि राजनीतिक इच्छाशक्तिले समेत काम गर्छ भन्ने सो अध्ययनको ठहर छ ।

विश्वव्यापी उष्णता र बाली उत्पादनमा मौसम परिवर्तनको असरको सामना गरिरहेको यो समस्यालाई समयमै ध्यान दिएन भने देशले गम्भीर खाद्य संकटको सामना गर्नुपर्नेछ चेतावनी पनि सो अध्ययनले दिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार