होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • एसिड पीडितको आजीवन उपचार खर्च सरकारले व्यहोर्ने
देश/प्रदेश

एसिड पीडितको आजीवन उपचार खर्च सरकारले व्यहोर्ने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
एसिड पीडितको आजीवन उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौँ — सरकारले एसिड आक्रमणको कसुर सजाय र सुनवाई सम्बन्धि विशेष व्यवस्था गर्दै पीडितहरुको आजीवन उपचार खर्च आफैं व्यहोर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पीडितको निःशुल्क उपचार र स्वास्थ्य क्षतिसँग सम्बन्धित प्रयोग गर्नुपर्ने आजीवन औषधि खर्च सरकारले व्यहोर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

बैठकले एसिड आक्रमणमा परेका पीडितहरुको तत्काल सम्भव हुने अस्पतालमा उपचार गराउने र थप उपचारका प्राथिमकताका साथ रिफर गर्नुपर्ने निर्णय गरेको छ । एसिड आक्रमणमा परेका पीडितहरुको उपचारका लागि शिक्षण अस्पताल, वीर अस्पताल,पाटन अस्पताल र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पताल सरकारले तोकेको हो । यसको संयोजन र सहजीकरण स्वास्थ्य मन्त्रालयले गर्ने उनले बताए ।

बैठकले एसिड आक्रमण सम्बन्धीको प्रचलित कानूनलाई संशोधन गर्न, उत्पादन,आयात, बिक्री वितरण सम्बन्धी नयाँ ऐन तर्जुमा गर्ने निर्णय पनि गरेको छ । कानुन आयोगलाई मस्यौदा तयार गर्नका लागि १५ दिनको म्याद दिइएको उनले बताए ।

यस्तै, प्रत्येक वर्षको भदौ २५ गते एसिड आक्रमण विरुद्धको जागरण दिवस मनाउने निर्णय पनि बैठकले गरेको छ ।

पीडितहरुको निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय पनि सरकारले गरेको छ । यसको जिम्मा शिक्षा मन्त्रालयललाई दिइएको छ ।

यस्तै, पीडितहरुको क्षमता र सीप विकास,रोजगारी,अनुदान उपलब्ध गराउन सम्बन्धित मन्त्रालयहरुलाई तोकिएको छ ।

मुख्य सचिवको संयोजक्‍तवमा विभिन्न‍ मन्त्रालयका सचिव रहने गरि समन्वय गर्नका लागि बैठकले समिति गठन गर्ने निर्णय पनि गरेको मन्त्री ज्ञवालीले मंगलबारको पत्रकार सम्मेलनमा बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति
Breaking News
नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति

प्रेम वि.क.काठमाडौं, साउन ११।नेपालको पहिलो व्यावसायिक सडक सुरुङ नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौंको नागढुङ्गाबाट धादिङको सिस्ने खोलासम्म निर्माण गरिएको २.६८८ किलोमिटर लामो सुरुङमार्गले नौबिसे–काठमाडौं सडकखण्डको यात्रा करिब ३ किलोमिटर छोटो बनाउनेछ।भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले सुरुङमार्गको उद्घाटन गर्दै नेपालमा आगामी दिनमा पनि विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राख्ने […]

  • २२ घन्टा अगाडि

भर्खरै