होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • ओली-प्रचण्ड संवाद : ओलीले भने, ‘मलाई थकाइ लाग्यो’, प्रचण्डले भने, ‘आराम गर्नुस्’
देश/प्रदेश

ओली-प्रचण्ड संवाद : ओलीले भने, ‘मलाई थकाइ लाग्यो’, प्रचण्डले भने, ‘आराम गर्नुस्’

  • नागरिक रैबार
ओली-प्रचण्ड संवाद : ओलीले भने, ‘मलाई थकाइ लाग्यो’, प्रचण्डले भने, ‘आराम गर्नुस्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार भेटवार्ता भएको छ । ओलीलाई भेट्न झण्डै १२ बजे बालुवाटार पुगेका प्रचण्ड दिउँसो १:३० बजे त्यहाँबाट फर्किए ।

प्रचण्ड बाहिरिएसँगै विभिन्न सञ्चारमाध्यममा भिन्नभिन्न तरिकाले समाचार आयो । ओली र प्रचण्डबीच मंगलबार पार्टी विवादमा छलफल नै नगरेको रहस्य सार्वजनिक भएको छ ।

नेकपा अध्यक्षद्वयबीच बुधबार बेलुकीदेखि संवाद हुन सकेको थिएन । यो बीचमा प्रचण्ड गृहनगर चितवन पुगे ।

विज्ञापन

चितवनबाट सोमबार काठमाडौं फर्किएका प्रचण्ड खुमलटारमै आराम गरेर बसिरहेका थिए । त्यहीँबीचमा बालुवाटारमा ओलीलाई भेटेर महासचिव विष्णु पौडेल सोमबार बेलुकी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगे । उनको उद्देश्य दुवै अध्यक्षबीच संवाद गराउनु थियो।

महासचिवले ओली र प्रचण्डबीच भेटवार्ता तय गरेका थिए । त्यसैअनुसार बालुवाटार पुगेका प्रचण्डलाई ओलीले सुरुवाती राम्रो रेस्पोन्स गरेनन् । एक सचिवालय सदस्यका अनुसार सुरुको ३० मिनेट भन्दा धेरै समयसम्म ओलीले प्रचण्डलाई अर्को कार्यक्रम भनेर कुराए ।

आधा घन्टापछि आइपुगेका ओली र प्रचण्डबीच शिष्टाचारमात्र कुराकानी भयो । प्रधानमन्त्रीले अयोध्याका विषयमा दिएको अभिव्यक्ति र प्रचण्डको चितवन भ्रमणलगायतका विषयमा छलफल भयो । प्रचण्डले चितवनबाट दिएका अभिव्यक्तिका विषयमा सामान्य छलफल भयो ।

त्यस लगत्तै प्रचण्डले विषयबस्तु प्रवेश गराउन खोजे । उनले भने, ‘आम जनता र कार्यकर्ताको चाहना अनुसार पार्टी एकता बचाएर जाऊँ, विषयबस्तुमा छलफल गरौँ ।’

तर, ओलीले त्यसको उत्तर दिएनन् । उनी निकै थाकेको जस्तो देखेपछि प्रचण्डले ‘तपाईँको स्वास्थ्य कस्तो छ ?’ भनेर फेरि सोधे ।

ओलीले विषयबस्तु प्रवेश गर्न चाहेनन् । उनले भने, ‘मेरो स्वास्थ्य राम्रो छ । तर, हल्का थकान छ । मलाई थकाइ लागेको छ । त्यसैले हो ।’

ओलीको उत्तर सुनेपछि प्रचण्डले भने, ‘तपाईँ आराम गर्नुस् । भोलि विषयबस्तुमा प्रवेश गरौँला । हामी समस्या समाधान गरेर अगाडि बढ्नुपर्छ ।’

त्यस लगत्तै दुवैजना उठेर हिँडे । ओली र प्रचण्डबीच मंगलबार संवादहीनता त तोडिएको छ, तर विषयबस्तुमा छलफल भने हुन सकेन् ।

आजको भेटवार्ता सामान्य शिष्टाचारबाहेक अरु केही नभएको एक सचिवालय सदस्यले बताएका छन् । साउन दुई गतेदेखि भने निरन्तर स्थायी कमिटी बैठक चलाउनुपर्ने निष्कर्षमा प्रचण्डसहितको समूह पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार