होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ४० हजार बढी पानीजहाजका कामदार तीन महिनादेखि समुद्रमै रोकिए
अन्तर्राष्ट्रिय

४० हजार बढी पानीजहाजका कामदार तीन महिनादेखि समुद्रमै रोकिए

  • नागरिक रैबार
४० हजार बढी पानीजहाजका कामदार तीन महिनादेखि समुद्रमै रोकिए

एजेन्सी ।

वासिंटन : पानीजहाजमा कार्यरत ४० हजार भन्दा धेरै कामदारहरु कोरोनाभाइरस महामारीका कारण समुद्रमै थुनिएका छन् ।

कम्तिमा ४२ हजार कामदारहरु विभिन्न देशमा लकडाउन हुन थालेपछि काम विना नै समुद्रमा रोकिएको विभिन्न अन्तर्राष्ट्रिय माध्यमले जनाएका छन् । तीन महिनादेखि पानीजहाजमै रोकिँदा तीमध्ये कतिपय भने कोभिड १९ बाट संक्रमित भएका छन् । मध्य मार्चदेखि नै पानीजहाजहरु बन्द गरिएका थिए ।

विज्ञापन

जापानबाट छुटेको कार्निभल कप्र्सको डायमन्ड प्रिन्सेसमा रहेका ६ सय भन्दा धेरै यात्रुलाई त क्वारेन्टाइनमै राखिएको थियो । साथै १४ यात्रुको मृत्यु भइसकेको छ । पानीजहाजका यात्रुलाई अमेरिकाले पनि आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । कतिपय स्थानमा त पिउने पानीको अभावमा विकराल अवस्था रहेको बताइन्छ ।

यही महिनाको सुरुमा ३ हजार जति कामदार युरोपभर बस वा जहाजको यात्रा गर्न भन्दै क्रोएसिया आइपुगेका थिए । यस्तै ग्रिस, दुबई, अमेरिका र अन्य देशका १२ सय भन्दा धेरैलाई यही साता मात्रै घर फर्कन सफल भएका थिए ।

कोरोना संक्रमणको त्रासका कारण उनीहरुलाई बन्दरगाहमा उतारिएको बताइएको छ । यद्यपि विभिन्न जहाजमा कार्यरत हजारौँको संख्यामा कामदारहरु महामारीको तीन महनिासम्म घर फर्कन पाएका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
राजनीति
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि