होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • कुलमानको पक्षमा कलाकारः राती ५ मिनेट बत्ती निभाएर दबाब दिने अभियान
मनोरञ्जन

कुलमानको पक्षमा कलाकारः राती ५ मिनेट बत्ती निभाएर दबाब दिने अभियान

  • नागरिक रैबार
कुलमानको पक्षमा कलाकारः राती ५ मिनेट बत्ती निभाएर दबाब दिने अभियान

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले ४ बर्ष बिताए । उनकै कार्यकालमा नेपाल लोडसेडिङमुक्त भयो । १८ घन्टा लामो अन्धकारबाट नेपाल र नेपाली जनतालाई मुक्ती दिएका कुलमानको कार्यकाल सकिएसँगै उनलाई पुनः प्राधिकरणमा नियुक्ती गर्नुपर्ने आवाज जनस्तरबाट सुनिन थालेको छ ।

कुलमानलाई आज बस्ने मन्त्रीपरिषद्को बैठकले पुनः नियुक्ती गर्ने अपेक्षा आम नागरिकको छ । कुलमानको पुनः नियुक्तीका लागि कलाकारहरुले पनि दबाब दिइरहेका छन् । केही हप्ता अगाडि कुलमानलाई पुनः नियुक्ती गर्नुपर्ने भन्दै कलाकार हरिवंश आचार्य, नायिका करिश्मा मानन्धर लगायतका दर्जन कलाकारले आवाज उठाएका थिए ।

उनै, कुलमानलाई पुनः नियुक्तीको माग गर्दै कलाकार दिपकराज गिरीले आजबाट हरेक साँझ बेलुकी आठ बजेपछि ५ मिनेट बत्ती निभाएर ऐक्यबद्धता जनाउन अपिल गरेका छन् । सामाजिक संजालमा दिपक लेख्छन्–‘आदरणीय साथीहरु । कुलमानजीको पुनः नियुक्तीको लागि जन दबाब स्वरुप आजबाट हरेक साझ आठ बजे ५ मिनेट बत्ती निभाएर ऐक्यवद्धता प्रकट गरौ ।’

विज्ञापन

यस्तै, निर्देशक प्रदिप भट्टराइले पनि हरेक दिन आठ बजेपछि ५ मिनेट बत्ती निभाउन अपिल गरेका छन् । उनले ‘नराम्रा पटक पटक, राम्रा किन एक पटक ?’ भन्ने प्रश्न सोझ्याउँदै यो अभियानमा सहभागी हुन सबैसँग अपिल गरेका छन् ।

दिपक र प्रदिपको यो कुरालाई धेरै जनताले समर्थन गर्दै अभियानमा सहभागी हुन अपिल समेत गरेका छन् । कुलमान घिसिङ आफै पनि पुनः एक पटक कार्यकारी निर्देशकमा दोहोरिन चाहेको र उनले नेपाललाई लोडसेडिङमुक्त गराएको भन्दै उनका अधुरा केही योजनाहरु उनले नै पुरा गर्न सकेको खण्डमा नेपालले फेरि ४ बर्ष अगाडिको जस्तो अन्धकार भोग्नुपर्ने छैन भन्ने जनताको भनाई रहँदै आएको छ ।

सामाजिक मुद्धामा चुइक्क नबोल्ने, तटस्थ रहेर सबैतिर प्रिय हुने सेलिब्रेटीहरु कुलमानको मुद्धामा पनि मौनधारण गरिरहेका छन् । राज्य र समग्र जनताको हितमा एक शब्द बोल्न कन्जुस्याई गर्ने सेलिब्रेटीहरु फगत आफ्नो स्वार्थ रक्षा गर्ने मुडमा छन् । सेलिब्रेटीहरुले जनता र राज्यको हीतमा पैरवी गर्नुपर्छ । उनीहरुको बोली बढी शसक्त र प्रभावकारी हुने भएकाले पनि उनीहरुले बोल्नैपर्छ । यस मानेमा दीपकराज गिरीले समग्र नेपालीको भावना बोलिदिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार