होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • भारतमा ३ मे सम्मका लागि लकडाउन गर्ने निर्णय
देश/प्रदेश

भारतमा ३ मे सम्मका लागि लकडाउन गर्ने निर्णय

  • नागरिक रैबार
भारतमा ३ मे सम्मका लागि लकडाउन गर्ने निर्णय

काठमाडौं : भातरमा लकडाउनको अवधि ३ मे सम्ममा लागि बढाइएको छ । भारततीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान देशबासीका नाममा सम्बोधन गर्दै लडडाउन बढाउने निर्णय गरेका हुन् । विश्वभर फैलिएको कोरोना महामारीलाई फैलन नदिन लकडाउन नै उपयुक्त विधि भएको मोदीले बताए । ‘अहिले अपनाइएको जुन कदम छ, त्यो नै हाम्रा लागि सही हो’ मोदीले भने ।

 आर्थिक दृष्टिबाट हेर्दा लकडाउन यो निकै महंगो देखिए पनि भारतबासीको जीवनसँग तुलना यसलाई नसकिने मोदीले बताए । भारतले कोरोना संक्रमण बढ्नुभन्दा पहिले नै शतर्कता अपनाएको बताए। विश्वका अन्य शक्तिशाली मुलुकका तुलनामा कोरोना महामारी विरुद्ध लड्न भारतले गरेको प्रयास राम्रो  रहेको उनले दाबी गरे।

‘यो समय कुनै देशसँग तुलना गर्ने अवस्था तर केही हप्ता पहिला भारतको अवस्था रहेका मुलुकमा अहिले भारको तुलनामा कोरोनाका संक्रमण २५, ३० गुणा बढेको छ । विश्वका शक्तिशाली मुलुकमा दिनहुँ हजारौंको मृत्यु भएको घटनाप्रति भारत सरकार सचेत रहेको र भारतमा कसरी कमभन्दा कम क्षति मै सीमित गर्ने भन्नेमा सरकार लागेको मोदीले दाबी गरे।  नागरिकहरुले लकडाउनको बढाउन सुझाव दिइरहेको भन्दै उनले सरकारको घोषणामा साथ दिएकोमा प्रशंसा गरे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार