होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एक तिहाइ सांसदको उपस्थितिमा संसद चलाउने प्रस्ताव
देश/प्रदेश

एक तिहाइ सांसदको उपस्थितिमा संसद चलाउने प्रस्ताव

  • नागरिक रैबार
एक तिहाइ सांसदको उपस्थितिमा संसद चलाउने प्रस्ताव

काठमाडौं २८ मंसिर। संघीय संसदको हिउँदे अधिवेशनमा एक तिहाइ सांसदको उपस्थितिमा बैठक चलाउने विषया छलफल सुरु भएाके छ ।

संघीय संसद सचिवालयले कोरोना भाइरस महामारीको समयमा सतर्कता अपनाउन एक तिहाइ सांसदको उपस्थितिमा हिउँदे अधिवेशन चलाउने प्रस्ताव दलहरुसमक्ष राखेको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले यो विषयमा अनौपचारिक छलफल भएको बताए । ‘तर, टुंगो लागेको छैन’ उनले भने ।

एक तिहाइ सांसदको सहभागितामा बैठक चलाउने विषयमा दलहरु भने सहमत भएका छैनन् ।संसदका एक पदाधिकारीले  भने, ‘अधिकांश सांसदहरु तयार नभएपछि दलले निर्णय लिएका छैनन् । त्यसकारण यो विकल्पमाथिको छलफल छलफलमै छ ।’

विज्ञापन

कोरोना महामारीको समयमा विभिन्न देशले एक तिहाइ सांसदको उपस्थितिमा संसद चलाएको उदाहरण छ । वेलायतले सुरुमा यस्तै अभ्यास गरेको थियो । ‘नेपालमा पनि सबै दलबाट एक तिहाई उपस्थित हुँदा कोरम पुग्ने र कोभिड रोकथामका दृष्टिले सहज हुने भन्ने हो’ एक नेताले भने ।

तर, सांसदहरुले नमान्दा यो विषय छलफलमै रुमल्लिएको छ ।सांसदहरुले नमाने सम्बन्धित दलले ह्वीप लगाएर निर्णय लिन सक्ने पूर्वसभासद जनकराज जोशी बताउँछन् । ‘एक तिहाइ उपस्थितिमा संसद चलाउँदा सहज हुन्छ भने दलहरुले ह्वीप लगाउन सक्छन्’ हालै कोभिड–१९ महामारीमा संसद सञ्चालनसम्बन्धी एक अन्र्तक्रिया कार्यक्रममा उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार