होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु
राजनीति

नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

  • नागरिक रैबार
नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।बैठकमा केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक मनाएर स्थगित गरिने भएको छ।

बैठकमा नियमित एजेण्डामा छलफल भने अनिश्चित रहेको एक नेताले बताए । यसअघि २१ मंसिरको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्वाराही बसे पनि आइतबारको स्थायी कमिटी बैठक बालुवाटारमा बोलाइएको थियो ।

गत मंसिर २१ गते सुरु भएको स्थायी समिति बैठकको पहिलो दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएका थिए ।

विज्ञापन

आजको बैठकमा भने ओली सहभागी भएका हुन् । ओली सहभागी हुने भएरै आजको बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार