होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • अध्ययन भन्छ, जीवनमा ९ वर्ष मोबाइल हेरेर बित्दछ
सूचना-प्रविधि

अध्ययन भन्छ, जीवनमा ९ वर्ष मोबाइल हेरेर बित्दछ

  • नागरिक रैबार
अध्ययन भन्छ, जीवनमा ९ वर्ष मोबाइल हेरेर बित्दछ

काठमाडौं । सायद तपाईं हामीमध्ये धेरै जनाले दिउसो तथा रातमा समेत मोबाइल फोन खेलाएर धेरै समय बिताउँदछौँ । आखिर मान्छेले आफ्नो जीवनकालमा ठ्याक्कै कति समय मोबाइल फोनको स्क्रिनमा हेरेर बिताउँछ होला ? हालैको एउटा अध्ययनले निकै रोचक तथ्य पत्ता लगाएको छ ।

मोबाइल फोनको तुलनात्मक विश्लेषण गर्ने वेबसाइट ह्विस्सलआउटले गरेको अध्ययन अनुसार अमेरिकीहरुले औषतमा आफ्नो जीवनकालमा झण्डै ९ वर्ष मोबाइल फोन चलाएर बिताउँदछन् ।

 

विज्ञापन

अध्ययन अनुसार सन् १९८० देखि सन् २००० सम्मको अवधिमा जन्मिएका अमेरिकीहरुले मोबाइल फोनमा सबैभन्दा धेरै समय बिताउँदछन् । उक्त उमेर समूहका अमेरिकीहरुले दैनिक ३.७ घण्टा मोबाइल फोनमै बिताउने गरेको अध्ययनले देखाएको छ । जबकी १९४६ देखि १९६४ को बीचमा जन्मिएका अमेरिकीहरुले सबैभन्दा कम अर्थात् दैनिक औषतमा साढे २ घण्टा मोबाइल फोनमा बिताउँदछन्।

पछिल्लो समय कोरोना भाइरस महामारीका कारण धेरै मानिसहरु घरमै बस्न वा घरबाटै अनलाइनमा काम गर्न बाध्य बनिरहेको बेला मानिसहरुमा मोबाइल फोन तथा ल्यापटप लगायतका ग्याजेट चलाउने दरमा तीव्र बढोत्तरी भैरहेको छ । तर मानिसहरुमा प्रविधिको लत महामारीभन्दा अगाडिबाटै बसिसकेको थियो । खासगरी मोबाइल फोन दैनिक जीवनको अभिन्न अंग बनेसँगै मानिसहरुमा फोनको लत समस्यको रुपमा खडा भएको शोधकर्ताको भनाई छ ।

वर्षौँदेखिका विभिन्न अध्ययन अनुसार अमेरिकीहरुमा समयक्रमसँगै फोनमा समय बिताउने दर बढिरहेको छ र फोनमा बिताउने समय घटाउनका लागि उनीहरु संघर्षरत छन् । तथापि स्क्रिनमा आँखा पूराउने समय अर्थात् स्क्रिन टाइम कटौतिका बाबजुत मानिसहरुमा मोबाइलको लतमा वास्तविक कमी नआएको पाइएको छ । स्मरण रहोस् प्रयोगकर्ताहरुलाई मोबाइलको स्क्रिनमा धेरै समय नबिताउनका लागि प्रेरित गर्न गुगल, एप्पल तथा फेसबुक लगायतका कम्पनीहरुले स्क्रिन टाइम मनिटर गर्ने टुल्स ल्याइसकेका छन् ।

-एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
समाचार
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि