होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • क्रियाशिल दलित पत्रकारको सुदूरपश्चिम प्रदेश समिति सदस्यमा विक
बाजुरा बिशेष

क्रियाशिल दलित पत्रकारको सुदूरपश्चिम प्रदेश समिति सदस्यमा विक

  • नागरिक रैबार
क्रियाशिल दलित पत्रकारको सुदूरपश्चिम प्रदेश समिति सदस्यमा विक

नागरिक रैबार/बाजुरा २७ पुस। क्रियासिल दलित पत्रकार सुदूरपश्चिम प्रदेश समितिको सदस्यमा नागरिक रैबार डटकमका सह–सम्पादक रमित विक चयन भएका छन् ।

शुक्रबार धनगढीमा सम्पन्न भएको सम्मेलनले पत्रकार भीम विकको अध्यक्षतामा ‘क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिम’ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा प्रदीप मलासी, महासचिवमा लालबहादुर एसके, सचिवमा धनराज विक र सिपी लोहिया, कोषाध्यक्षमा रेसु बराइली, सहसचिव कृष्ण नेपाली चयन भएका छन् ।

यस्तै, सदस्यमा पूर्ण विक, हिक्मत बादी, खडकबहादुर कोली, अनिता विक, भानबहादुर विक, प्रकाश पार्की, प्रेमराम लोहार, आरती एसके, विक्रम परियार, जगत जयगडी, हरिकृष्ण ताम्राकार, रमित विक, निराजन परियार र विवेक नागरी चयन भएका छन् ।

विज्ञापन

अध्यक्ष विक टीकापुरबाट प्रकाशन हुने ‘सुदूर सन्दर्भका सम्पादक हुन् । सम्मेलनको शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले धनगढीमा उद्घाटन गरेका थिए।

कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाका क्रियाशील दलित पत्रकारको उपस्थिति रहेको थियो । सामाजिक न्याय, सुशासन र समाबेशी लोकतन्त्र, स्वस्थ व्यावसायिक र मर्या्दित पत्रकारिता हाम्रो मुल मन्त्र भन्ने मुल नाराका साथ क्रियाशिल दलित पत्रकार संघ नेपालको प्रथम सुदुरपश्चिम प्रदेश सम्मेलन शुक्रबार धनगढीमा सम्पन्न भएका थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार