होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • दलित सशक्तिकरण नहुदा सम्म देश समृद्ध हुदैन : मन्त्री शाह
देश/प्रदेश

दलित सशक्तिकरण नहुदा सम्म देश समृद्ध हुदैन : मन्त्री शाह

  • नागरिक रैबार
दलित सशक्तिकरण नहुदा सम्म देश समृद्ध हुदैन : मन्त्री शाह

सामाजिक न्याय, सुशासन र समाबेशी लोकतन्त्र, स्वस्थ व्यावसायिक र मर्यादित पत्रकारिता हाम्रो मुल मन्त्र भन्ने मुल नाराका साथ क्रियाशिल दलित पत्रकार संघ नेपालको प्रथम सुदुरपश्चिम प्रदेश सम्मेलन शुक्रबार धनगढीमा सम्पन्न भएको छ ।

सम्मेलनमा प्रमुख अतिथी रहेका सुदुरपश्चिम प्रदेश आर्थिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले दलित समुदायको सशक्तिकरण नहुदा सम्म समग्र देशको समृद्ध हुन नसक्ने बताएका छन ।

शाहले भेलामा मानवता सबै भन्दा बढी दलित समुदायमा रहेको बताउदै दलित समुदायको हक अधिकारका मुद्दाहरुमा दलित पत्रकारहरुले बलियो रुपमा कलम चलाउन आग्रह गरे । दलित महिला पत्रकारहरुको क्षमता अभिबृद्वीका लागी समेत सुदुरपश्चिम प्रदेश सरकारले ४० लाख बजेट बिनियोजन समेत गरेको भन्दै दलितका अधिकारका सवालमा प्रदेश सरकार साथमा रहेको बताए ।

विज्ञापन

सुदुरपश्चिम प्रदेश सांसद टेक बहादुर रैकाले बिगत देखि दलित समुदाय प्रतिको बिकृती र बिसंगतीका सवालमा दलित पत्रकारहरुले न्यायिक रुपमा कलम चलाउन आग्रह गर्दै दलितका सवालमा स्थानिय देखि केन्द्रीय सरकारमा रहेका जनप्रतिनिधिहरु लाई समेत सचेत गराउन आवश्यक रहेको बताए ।

दलितका हक अधिकारका लागि बोलेर भन्दापनि व्यवहारमा लागू गर्न आवश्यक रहेको बताउदै लक्षित वर्गका हक अधिकारका लागि दलितका समस्याहरुलाई औल्याउन अझै पनि सुदुरपश्चिममा दलित पत्रकारहरुको जन्म हुन आवश्यक रहेको बताए । कार्यक्रममा सुदुपश्चिमका ९ जिल्लामा रहेका दलित पत्रकारहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार