होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमै एक दलित युवकको रहस्यमय मृत्यु
समाचार

जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमै एक दलित युवकको रहस्यमय मृत्यु

  • नागरिक रैबार
जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमै एक दलित युवकको रहस्यमय मृत्यु

धनगढी,भाद्र- २६ ।जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमै रहेका एकजनाको रहस्यमय मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा चोरीको अभियोगमा पक्राउ परेका १९ वर्षीय रोशन बिकको रहस्यमय तरिकाले मृत्यु भएको छ । थुनुवा कक्षमै रहेका मृतक विकको टाउँको आँखा,नाक,निधारमा चोटपटक देखिन्छ ।

तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले मृतक विकले थुनुवा कक्षको शौचालयमा आत्महत्या गरेको कुरा बताउनु भयो । बिक भदौ २२ गते चोरीको अभियोगमा धनगढी उपमहानगरपालिका वडा नम्बर– १ बाट पक्राउ परेका थिए । प्रहरी नायव उपरीक्षक विष्टले घटना सम्बन्धी अनुसन्धान भइरहेको बताएका छन् ।

विज्ञापन

तर मृतक बिकका बुवा टेकबहादुर बिकले आफ्नो छोरोको आत्महत्या नभएर कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् । मृतक बिककी आमा मनु बिकले छोरालाई मारेको भन्दै यसको सत्यतथ्य छानबिन हुनुपर्ने बताए । यसैविच घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दे मृतकका आफन्तहरुले जिल्ला प्रहरी कार्यालय,कैलाली घेराउ गरेका छन् भने उनीहरुले उक्त क्षेत्रको आवागमनमा पनि रोक लगाएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार