होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • विरामीलाई पुर्जी अस्पतालमा, उपचार मेडिकलमा
देश/प्रदेश

विरामीलाई पुर्जी अस्पतालमा, उपचार मेडिकलमा

  • नागरिक रैबार
विरामीलाई पुर्जी अस्पतालमा, उपचार मेडिकलमा

रामबहादुर विक/बाजुरा २६ भदौ । जिल्ला अस्पताल बाजुरामा विरामीहरुको नाम दर्ताको पुर्जी काट्ने र विरामीलाई परामर्श बाहेक आवश्यक उपचार भने प्राईभेट मेडिकलमा हुने गरेको पाईएको छ ।

जिल्ला अस्पताल बाजुरामा दैनिक जसो जाने अधिकाँश विरामीहरुको सामान्य खालको उपचारपनि नगरेर मेडिकल पठाउँने गरेको भेटिएको छ ।

विज्ञापन

खुट्टाको औंलामा लागेको चोटको उपचार गर्न गएकी बडीमालिका नगरपालिका ९ कि देवु विकले भनिन् अस्पतालमा २० रुपैयाँको पुर्जी काटेर डाक्टरकोमा जाँदा भिडियो डाक्टरले एक्सरे गर्ने सल्लाह दिए ।

डाक्टरको सल्लाहपछि उनले २ सय रुपैयाँ तिरेर खुट्टाको औंलाको भिडियो एक्सरे गरिन् । बाँकी सबै १५ सय बराबरको औषधी पट्टी प्राईभेट मेडिकलबाट किन्नु परेको उनले बताईन् । थप्दै उनले भनिन् सरकारी अस्पताल त नाममात्रैको रहेछ । उपचार मेडिकलमा हुँदो । यहाँ त आउँनुमात्रै दुःख रैछ खाली ।

उसो त जिल्ला अस्पताल बाजुराले विभिन्न किसिमका औषधीहरु विक्रि गर्ने गरी अस्पतालमा फार्मेसी समेत संचालन गरेको छ । फार्मेसीमा अस्पतालमा आएजति विरामीहरुका लागि औषधी समेत उपलव्ध गराउन सकेको छैन् ।

यता जिल्ला अस्पतालका सूचना अधिकारी चुणामणी पन्तले भने त्यो सेवा जिल्ला अस्पतालबाट हुँदैन् । फेरी त्यो खाले पट्टीपनि हामी कहाँ पाईदैन् । त्यसैले आएका विरामीलाई बाहिर पठाएको हो, उहाँले भने ।

सरकारले दुर्गम तथा पहाडी जिल्लामा ७० प्रकारका औषधी र सामान्य घाउचोटको उपचार त जिल्ला अस्पतालले नै दिने सरकारी प्रावधान भएपनि अस्पतालले भने सवै सेवाहरुमा मनोमानी शुल्क लिदै आएको स्थानीयहरुले बताउने गरेका छन् ।

यही विषयमा कुरा गर्दा नागरिक रैबारसंग जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाले भने औषधीको अभाव छ तर अस्पतालका लागि आएको औषधी फालासेनमा छ । ल्याउन पठाएको छैन् । बाजुरा जिल्ला अस्पताललाई सुदूरपश्मिकै नमुना बनाउने भन्दै व्यवस्थापन समितिले भने प्रचार प्रसार गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार