होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आगामी ३ दिन वर्षाको सम्भावना
समाचार

आगामी ३ दिन वर्षाको सम्भावना

  • नागरिक रैबार
आगामी ३ दिन वर्षाको सम्भावना

काठमाडौं । आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पौखरेलले बताइन् ।

“प्रदेश न १ र २ वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ”, मौसमविद् पोखरेलले भनिन् । वर्षा निरन्तर नभई केही समय रोकिँदै फेरि हुनेछ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ५ र अधिकतम तापक्रम ३१ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार