होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तनहुँमा एक हजार घरमा बत्ती बाल्ने तयारी
समाचार

तनहुँमा एक हजार घरमा बत्ती बाल्ने तयारी

  • नागरिक रैबार
तनहुँमा एक हजार घरमा बत्ती बाल्ने तयारी

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाका करिब एक हजार घरमा बत्ती बाल्ने तयारी गरिएको छ । विद्युत्को सुविधा नपुगेका घिरिङका गाउँमा विद्युतीकरण गर्ने तयारीसहित काम अगाडि बढाइएको छ । गाउँपालिका–१ को पुट्टार, अत्रौली, वैडी, भन्टार, कटहरे, हात्तीडाँडा, घिरिङ गाउँपालिका–२ को गजरकोट, काठेकोट, घिरिङ गाउँपालिका–४ को जिताकोट, गड्यौलीटारका करिब एक हजार घरमा विद्युतीकरण बाँकी रहेको घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए ।

विद्युतीकरण अन्तर्गत कतै खम्बा गाडिएको र कतै तार विस्तारको काम भइरहेको छ । “दशैं अगाडि नै बत्ती बाल्न सकिन्छ कि भनेर काम तीव्र पारेका छौ”, उनले भने । गाउँपालिकाको रु ६१ लाखको बजेटबाट सो काम भइरहेको छ ।

गाउँपालिका–४ नयाँटार, गड्यौंलीटार, जिताकोट, भाटडाँडा, लोहडाँडा, गलकोटमा मिटर बक्स ल्याउने तयारी गरिएको छ । अत्रौली, कटहरे, भन्टारमा पनि विद्युतीकरणको काम भइरहेको छ । गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले ‘उज्ज्यालो घिरिङ’ अभियान सम्पन्न हुने क्रममा रहेको बताए । जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएपछि करिब एक हजार ४०० भन्दा बढी घरमा बत्ती बालिसकिएको उनले जानकारी दिए ।

विज्ञापन

विद्युतीकरणका लागि गत वर्ष रु एक करोड विनियोजन गरिएको थियो भने यो वर्ष कोभिड–१९ का कारण रु १५ लाख विनियोजन गरिएको छ । “तर विद्युतीकरणका लागि पैसा अपुग भयो भने भइपरी खर्चबाट भए पनि मिलाउँछौ,” उनले भने । सो कार्यमा तनहुँ जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणले सहयोग गरेको छ ।

बत्ती बल्न बाँकी घरमा असोज कात्तिकभित्रै बत्ती बल्ने बताइएको छ । “आवश्यक ट्रान्सफर्मर ल्याइसकेका छौ, खम्बा गाड्ने, तार तान्नेलगायतका काम चलिरहेको छ”, उनले भने ।
उक्त गाउँपालिका–२ माहोरकोटमा पहिलो पटक बत्ती बलेको छ । उक्त ठाउँका ५९ घरमा बत्ती बलेको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए । पुट्टार र बैदीका केही भागमासमेत विद्युतीकरण सम्पन्न भएको छ ।

पुट्टारका तारा खनालले धेरै वर्षको प्रतिक्षापछि बल्ल बिजुली बलेको बताउनुभयो । पुट्टारमा दुई चरणमा गरेर घर घरमा बिजुली पुगेको छ । साविक गजरकोट वडा नं ४ मा पाँच महिना अगाडि र अर्को ठाउँमा १५–२० दिन अगाडि बत्ती बलेको छ । “बिजुलीको सुविधा नहुँदा सोलारको प्रयोग गर्दै आएका थियौं, अब त बिजुली नै बाल्न थालिसकेको छौं,” खनालले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार