होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाग्लुङ्गका बाढी प्रभावितका लागि पलको सहयोग
समाचार

बाग्लुङ्गका बाढी प्रभावितका लागि पलको सहयोग

  • नागरिक रैबार
बाग्लुङ्गका बाढी प्रभावितका लागि पलको सहयोग

केही हप्ता अगाडि मात्र कालिकोटका बाढी प्रभावितका लागि राहत सामाग्री वितरण गरेका नायक पल शाहले बिहिबार बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ मा गएको बाढीका कारण प्रभावित घर परिवारलाई राहत वितरण गरेका छन् ।

गायक दुर्गेस थापासँगै बाग्लुङ पुगेका पलले प्रभावितहरुका लागि खाद्यान्न, सिरक–डसना र नगद ५० हजार हस्तान्तरण गरेका हुन् । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र वडा नम्बर ८ र ९ का वडाध्यक्षलाई उनले राहत सामाग्री हस्तान्तरण गरेका हुन् । पलका अनुसार, बाढी प्रभावितहरु भएको स्थानसम्म जान निकै असहज भएको र स्थानीय सरकारको एकद्धार नीतिका कारण पीडितलाई नै राहत सामाग्री प्रदान गर्न नसकिएको हो ।

नायक पल शाह आफ्नो टिमसहित मंगलबार बाग्लुङ प्रस्थान गरेका थिए । उनले, पीडित परिवारसम्म पुग्ने आफूहरुको कोशिश भने रहेको बताएका छन् । उनले, यो कार्यमा सहयोग गर्ने इशा गुरुङ, दिपक सुनवार, प्रवेश पौडेल, दिनेश राउत, अभियान श्रेष्ठ, सागर भुषाल लगायतलाई धन्यवाद दिएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार