होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • ब्राजिलले विश्वकप आयोजनाको दाबी नगर्ने
पत्रपत्रिका

ब्राजिलले विश्वकप आयोजनाको दाबी नगर्ने

  • नागरिक रैबार
ब्राजिलले विश्वकप आयोजनाको दाबी नगर्ने

रियो दि जेनेरियो : ब्राजिलले सन् २०२३ मा आयोजना हुने महिला विश्वकप फुटबल प्रतियोगिता आयोजनाका लागि दाबी नगर्ने भएको छ। यसअघि ब्राजिलले उक्त विश्वकप आयोजनाका लागि दाबी प्रस्तुत गर्ने बताएको थियो। पछिल्लो विश्व परिस्थितिका कारण ब्राजिल फुटबल महासंघले आयोजनाको दाबीबाट आफ्नो नाम फिर्ता लिएको हो।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण देशको आर्थिक अवस्था गतिलो नरहेकाले प्रतियोगिता आयोजनाबाट नाम फिर्ता लिइएको महासंघले जनाएको छ। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्रहरूमध्ये ब्राजिल पनि एक हो।

ब्राजिलमा कोरोना भाइरसबाट सात लाखभन्दा बढी नागरिक संक्रमित छन्। कोरोनाका कारण ३७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। ब्राजिल सरकारले आर्थिक अवस्थाका कारण सन् २०२३ को महिला विश्वकप आयोजना गर्न नसकिने बताएपछि महासंघले त्यसबाट पछाडि हट्ने निर्णय लिएको हो।

विज्ञापन

आयोजना दाबीको दौडबाट आफू बाहिरिएपछि अब ब्राजिलले अर्को दक्षिण अमेरिकी राष्ट्र कोलम्बियालाई सहयोग गर्ने भएको छ। कोलम्बियाले पनि सुरुदेखि नै सन् २०२३ को महिला विश्वकप फुटबल आयोजनाका लागि दाबी प्रस्तुत गर्दै आएको छ।

ब्राजिल र कोलम्बियाका अतिरिक्त एसियाली राष्ट्र जापानले पनि उक्त विश्वकप आयोजनाका लागि दाबी पेस गरेको छ। अस्ट्रेलिया र न्युजिल्यान्डले पनि संयुक्त रूपमा उक्त विश्वकप आयोजना गर्ने दाबी गरेका छन्। महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहने प्रावधान छ।

विश्व फुटबल महासंघ (फिफा) ले आगामी जुन २५ तारिखमा उक्त विश्वकप आयोजनाको अधिकार कुन राष्ट्रलाई दिने भनेर निर्णय गर्दैछ। ‘कोरोना भाइरसको महामारीका कारण देशको आर्थिक अवस्था गतिलो नरहेकाले सरकारसँगको छलफलपछि यस्तो निर्णय लिएका हौं’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

ब्राजिलले पछिल्लो समय एकपछि अर्को ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ। ब्राजिलले सन् २०१४ मा पुरुष विश्वकप फुटबल आयोजना गरेको थियो। त्यसपछि ब्राजिलले सन् २०१६ मा ओलम्पिक र पारा ओलम्पिक खेलकुद आयोजना गरेको थियो। यसैगरी सन् २०१९ मा कोपा अमेरिका फुटबलको पनि सफल आयोजना गरेको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार