होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • महामारीका बेला बच्चा जन्माउनेलाई पुरस्कार !
विचित्र संसार

महामारीका बेला बच्चा जन्माउनेलाई पुरस्कार !

  • नागरिक रैबार
महामारीका बेला बच्चा जन्माउनेलाई पुरस्कार !

कोरोना भाइरस महामारीका कारण विश्वको अर्थतन्त्र एक हिसाबले तहसनहस बनिरहेको छ । कैयन् व्यापार व्यवसायहरु धरासायी बनिरहेका छन् भने करोडौँ मानिसको रोजगारी गुमेको छ । विभिन्न देशका सरकारहरुले समेत टाट पल्टिन लागेको बताउन थालेका छन् ।

कोरोना भाइरस महामारीले रोजगारी तथा व्यवसायबाट हात धुनुपरेको र हातमुख जोर्नसमेत धौधौ हुन लागेको अवस्थामा धेरै मानिसका पारिवारिक योजनाहरु समेत लथालिङ्ग बनिरहेका छन् । कतिपयले बिहे गर्ने तथा बच्चा जन्माउने योजनासमेत पर सारेका होलान् यतिबेला ।

 

विज्ञापन

जनताको यस्तै समस्यालाई मध्यनजर गर्दै सिंगापुरले गज्जबको योजना अघि सारेको छ ।

सिंगापुरले कोरोना महामारीको यस समयमा बच्चा जन्माउन चाहने अभिभावकहरुलाई प्रोत्साहन पुरस्कार दिने भएको छ ।

देशका नागरिकहरुलाई बच्चा जन्माउन प्रोत्साहित गर्दै सिंगापुरले बच्चा जन्माउने अभिभावकहरुलाई नगद पुरस्कार दिने घोषणा गरेको छ । सरकारी नगद सहयोगले दम्पतीहरुलाई कोरोना कालको फुर्सदमा बच्चा जन्माउने योजना बनाउन प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

सिंगापुरका उपप्रधानमन्त्री हेंग स्वी किटले कोरोना महामारीका कारण उत्पन्न परिस्थितिले दम्पत्तिहरुले बच्चा जन्माउने योजनामा समस्याकेा सामाना गरिरहनु परेको छ । त्यसैले सरकारले मानिसहरुलाई गर्भाधानका लागि प्रोत्साहन गरिरहेको छ ।

सरकारले बच्चा जन्माउने अभिभावकलाई नगद पुरस्कार दिने घोषणा गरेको भए पनि पुरस्कार राशीचाहिँ घोषणा गरिसकेको छैन ।

स्मरण रहोस् सिंगापुर विश्वमा सबैभन्दा कम जन्मदर भएको मुलुक हो । जहाँ जन्मदर बढाउनका लागि सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेर निरन्तर कोसिस गर्दै आएको छ ।

एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार