होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुर्गेशको ‘तिमी यति राम्री किन’ मा अञ्जुको साथ (भिडियो)
समाचार

दुर्गेशको ‘तिमी यति राम्री किन’ मा अञ्जुको साथ (भिडियो)

  • नागरिक रैबार
दुर्गेशको ‘तिमी यति राम्री किन’ मा अञ्जुको साथ (भिडियो)

गायक तथा मोडल दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन् । उक्त गीत आइतवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा रोशन सिंहले शब्द तथा संगीत सिर्जना गरेका छन् । यस्तै गीतको संयोजन साहस शाक्यले गरेका छन् । त्यस्तै गीतमा मोडल दुर्गेश र गायिका अञ्जु पन्तको स्वर सुन्न सकिन्छ ।

आधुनिक शैलीको गीतको भिडियो कलात्मक रुपमा खिचिएको छ । गीतमा प्रेमभाव व्यक्त गरिएको छ । गीतको भिडियोमा दुर्गेश थापा र प्राची लामाको अभिनय देख्न सकिन्छ ।

विज्ञापन

शिव विकले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारी र टिमले खिचेका हुन् । यस्तै भिडियोमा सन्तोष महराले खिचेका ड्रोन दृश्य पनि देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार