होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘प्रधानमन्त्रीज्यू, हाँसोको होइन, गर्वको पात्र बन्नुहोस्’: गौरी मल्ल
समाचार

‘प्रधानमन्त्रीज्यू, हाँसोको होइन, गर्वको पात्र बन्नुहोस्’: गौरी मल्ल

  • नागरिक रैबार
‘प्रधानमन्त्रीज्यू, हाँसोको होइन, गर्वको पात्र बन्नुहोस्’: गौरी मल्ल

नायिका गौरी मल्लले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हाँसोको होइन, गर्वको पात्र बन्न सुझाव दिएकी छिन् । उनले, प्रधानमन्त्रीलाई एक नागरिक भएको हैसियतले प्रश्न गर्ने अधिकार आफूमा भएको भन्दै लेखेकी छिन्–‘यहाँलाई आफूले बेला कुबेला बोलेका कुरा ट्रोल भैराख्दा,रमाइलो गर्ने माध्यम भैरहेको होला अथाव बानी परिसकेको होला । तर, हामी सर्वसाधारणलाई साह्रै लज्जावोध हुन्छ । किनकी, जसलाई हामीले अत्यन्त विश्वास गरेर देशकै शिर्षस्थानमा राखेका छौं, त्यो व्यक्ति हाँसोको होइन, गर्वको पात्र बनोस् । तर, बिडम्बना त्यस्तो दिन कमसेकम हाम्रो जीवनमा आउन सकेको छैन ।’

उनले, भारतमा कोरोना प्रकोप बढिरहेको समयमा पनि नेपालीहरु धमाधम कामका लागि भन्दै भारत फर्किदा राज्यले रोक्न नसकेकोमा आक्रोश पोखेकी हुन् । उनले, भारतमा कोरोना बढ्दा आफ्ना नागरिकलाई नेपालमै बस, हामी जे गर्नुपर्ने हो गर्छौ भनेर किन भन्न राज्यले सकेन भन्दै प्रश्न गरेकी छिन् ।

कोरोनापछि सबै नागरिक नेपालमै एकत्रित भए, नेपालमै रोजागरी गर्ने समय आयो भनेर सबैले सोचेपनि सरकारलाई यी कुरामा कुनै सरोकार नरहेको स्पष्ट देखिएको पनि बताएकी छिन् ।

विज्ञापन

गौरीले देश र जनताको अवस्था सुधार गर्दै सानातिना रोजगार भएपनि दिनतर्फ लाग्न प्रधानमन्त्रीलाई आग्रह गरेकी छिन् । गौरीले लेखेकी छिन्–‘प्रधानमन्त्रीज्यू, यो देश तपाइको घर हो । हामी जनता तपाइका नै परिवार हौं । यो कुरालाई आत्मसाथ गर्नुहोस् । आज जनता जानीजानी आगोमा होमिन जाँदैछन्, उनीहरुको जीवन रक्षा गर्ने कर्तव्य तपाइकै हो ।’

गौरीले सिंहदरबार र बालुवाटार भन्दा पनि बाहिर नेपाल रहेको कुरा नविर्सन प्रधानमन्त्रीलाई आग्रह गरेकी छिन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार