होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरा अस्पतालमा राखिएका युवकको नमुना परिक्षण रिपोट नेगेटिभ देखियाे
देश/प्रदेश

बाजुरा अस्पतालमा राखिएका युवकको नमुना परिक्षण रिपोट नेगेटिभ देखियाे

  • नागरिक रैबार
बाजुरा अस्पतालमा राखिएका युवकको नमुना परिक्षण रिपोट नेगेटिभ देखियाे

नागरिक रैबार/ बाजुरा २६ चैत्र । बाजुरा कोरोना कोभिड १९ को आशंकामा जिल्ला अस्पतालको आइसोलेशनमा राखिएका २० वर्षका युवकको नमुना परिक्षण नेगेटिभ आएको छ ।

धनगढीमा गरिएको नमुना परिक्षणमा ती व्यक्तिको रिपोट नेगेटिभ देखिएकाे जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका  छन् ।

चैत्र २३ गते जिल्ला अस्पतालको आइसोलेशनमा राखिएका युवकको स्वाब २४ गते धनगढी पठाईएको थियो । कोरोना भाइरसको संक्रमणसँग सामान्य लक्षण मिलेपछि उनलाई आइसोलेशनमा राखिएको थियो ।

विज्ञापन

विरामीको स्वास्थ्य अवस्था सामान्य रहेकोले भोलि नै घर पठाउने अस्पतालले तयारी गरेको छ । आजै आइसोलेशनबाट सारेर विरामी बेडमा राख्ने र भोलि घर पठाउने कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्मालेे बताए ।

ती युवकलाई लगातार १ सय डिग्री तापक्रमभन्दा बढी ज्वरोआएपछि आइसोलेशनमा राखेर स्वाबको नमुना परिक्षण गर्न लगाईएको हो । २० वर्षका ती युवालाई चैत्र १६ गतेपनि ज्वरो आएर जिल्ला अस्पताल ल्याईएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै