होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराका बजारमा कालो बजारी बढ्यो, उपभोक्ता ठगिदै
देश/प्रदेश

बाजुराका बजारमा कालो बजारी बढ्यो, उपभोक्ता ठगिदै

  • नागरिक रैबार
बाजुराका बजारमा कालो बजारी बढ्यो, उपभोक्ता ठगिदै

रामबहादुर विक/बाजुरा २५ जेठ। बाजुरा जिल्लाका स्थानीय बजारहरुमा लकडाँउनको मौका छोपि मुल्य बृद्धि हुन थालेको छ । लकडाउको अवधीमा जिल्ला बाहिरबाट आयात नरोकिएपनि ब्यापारिहरुले कृतिम अभाव सृजनागरी मुल्य बृद्धि गर्न थालेका हुन् ।

संकटको समयमा ब्यापारीहरुले दैनिक उपभोगग्य साधान खद्य सामग्रीहरुमा मुल्यबृद्धि आट नगरेपनि अन्या सामग्रीहरुमा उपभोत्ताको ढाड सेक्नेगरी मुल्यबृद्धि र कालो बजारी गरिरहेका छन् ।

बाजारमा कालो बजारी ब्यापक रुपमा बढेपनि उपभोक्ताको हितमा आवाज उठाउने कोहि पनि नहुँदा ब्यापारी रहेको पसल अनुसार मनोमानी मुल्य रहेको छ ।

विज्ञापन

सदर मुकाम मार्तडी लगायतका बजारहरुमा थोक बिक्रेताहरुले स्टक राखिएको समानमा समेत कालोबजारी तथा कृतिम हभाव सृजन गरेर मुल्यबढाएर पुटर बिक्रेताहरुलाइ पठाँउन थाले पछि आफुहरुले लगानी उठाउन मुल्य बृद्धि गरेको पुटकर ब्यापारिहरु बताँउछन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र व्यापारीहरुले खाद्यन्न पुरानै मूल्यमा विक्री गरेको बताएपनि उपभोक्ताले महँगो मूल्य तिर्नु परेको छ । चामल, पीठो, नुन तेलको मूल्यमा समान देखिएपनि अन्य उपभोक्ता सामान, तरकारी सहीतका बस्तुको मूल्यमा ५ देखि ३० रुपैयासम्म मूल्य वृद्धि भएको उपभोक्ताहरुको गुनासो छ ।

प्रसासन लगायतका बजारको निरिक्षण तथा नियमन गर्ने निकाय रहेको जिल्ला सदर मुकाम मार्तडीमा तारकारी फलपूल र मदिरा तथा सुर्ति जन्य पर्दाथहरुको मुल्य आकासिएको छ । मार्तडी बजारमा सुर्ति जन्य पर्दाथमा कल्पना गर्न सक्ने भन्दा धेरै बुल्य बढाइएको छ ।

मूल्य वृद्धिको प्रत्यक्ष मारमा कोल्टी क्षेत्रका सर्वसाधारण परेका छन् । डिजेल पेट्रोलमा ५० रुपैया भन्दा बढी मूल्य तिर्नु परेको गुनासो यातायात व्यवसायीहरुको छ । १५ रुपैयामा पाउने निषेध गरिएको सूर्ती ४० रुपैयासम्म लिने गरेका छन् । मार्तडी बजारमै ५० रुपैयामा प्रति केजी उपलब्ध हुने काँक्रा बन्दाबन्दीपछि ६० देखि ८० रुपैयामा व्यापारीले विक्री गर्ने गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार