होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाहिरबाट आएकालाई सहयोग गर्न युवा र विद्यार्थी पुगे बसपार्क
देश/प्रदेश

बाहिरबाट आएकालाई सहयोग गर्न युवा र विद्यार्थी पुगे बसपार्क

  • नागरिक रैबार
बाहिरबाट आएकालाई सहयोग गर्न युवा र विद्यार्थी पुगे बसपार्क

नागरिक रैबार
बाजुरा २५ जेठ
कोरोना भाईरसको संक्रमण बढेसंगै बाजुरा भित्रिनेको लर्को लागेको छ । जिल्ला बाहिर अध्ययनको सिलसिला तथा रोजगारीका सिलसिलामा जिल्ला बाहिर रहेकाहरु यतिवेला घर फर्किएका छन् । यो समाचार तयार पार्दासम्म करिव ४ हजार भन्दा बढी स्थानीयहरु बाजुरा भित्रिएका छन् ।

आईतबार विहान जिल्ला बाहिरबाट कष्टपूणर् बस यात्रा गरेर बाजुरा पुगेका करिव २ सय जनालाई राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववीयुका विद्यार्थीहरुले बसपार्कमै पुगेर खाजा, नास्ता र पानीको व्यवस्था गरिदिएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल बाजुरा र अनेरास्वीयुको समन्वय तथा नेकपा जिल्ला कमिटि सदस्य तथा ब्यापारी हंश बहादुर सिंहको आर्थिक सहयोगमा युवा र विद्यार्थीहरुले बसपार्कमै पुगेर यात्रुहरुलाई सहयोग गरिएको राष्टिय युवा सँघ बाजुराका स‌योजक सन्तोष विकले बताए।

विज्ञापन

कोरोना भाइरसको संकटका बेला यात्रुहरुको जोखिम्तालाई मध्येनजर गरेर खाजा नास्ता र पानीको व्यवस्था गरेकोमा यात्रुहरुले युवा संघ र अनेरास्ववीयुलाई धन्यवाद दिएका थिए ।

लकडाउनको बेला घर आउदा बाटोमा खान समस्या भएको बेला बाजुरा पुग्दा थोरै भएपनि उनीहरुलाई सहयोग गर्ने अवसर पाएको नेकपा जिल्ला कमिटि सदस्य हंश बहादुर सिंहले वताएका छन् ।

आईतबार विहान ६ वटा बसमा बाजुरा आएका यात्रुलाइ पानि चाउचाउ बिस्कोट सहयोग गरिएको थियो । यो महामारीका बेला युवा संघ र अनेरास्ववियुले समस्या परेकालाइ सहयोग गरिरहने अनेरास्ववीयुका बाजुरा सयोजक राजीव रोकायाले बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार