होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जिल्ला हलिया मुक्ति समाज बाजुराले बुझायो ज्ञापनपत्र
समाचार

जिल्ला हलिया मुक्ति समाज बाजुराले बुझायो ज्ञापनपत्र

  • नागरिक रैबार
जिल्ला हलिया मुक्ति समाज बाजुराले बुझायो ज्ञापनपत्र

नागरिक रैबार/बाजुरा २१ भदौ । जिल्ला हलिया मुक्ती समाज बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।

१२ औं हलिया मुक्ति दिवशका अबसरमा हलिया मुक्ती समाज बाजुराले जिल्ला प्रशासन कार्यालय मार्फत भूमि ब्यबस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा ज्ञापन पत्र बझाएका हो ।

मुक्त हलिया दिवश कोभिड-१९ का कारण मनाउन नसकिएपछि कणर्ाली प्रदेशका ३ र सुदूरपश्चि प्रदेशका ९ ओटै जिल्ला प्रशासन कार्यालय मार्फत मन्त्रालयलाई ज्ञापन पत्र बुझाईएको राष्टिय मुक्त हलिया महासंघ नेपाल केन्द्रिय सचिव डबल बिकले बताएका छन् ।

विज्ञापन

हलिया मुक्तीका १२ वर्ष पुरा हुँदा समेत पूर्नस्थापनाको समयाबधि लम्बिदै जाँदा छुटेका मुक्त हलियाहरुको उचित ब्यबस्थापन शिक्षा, स्वास्थ्य रोजगार आय आर्जन दिगो जिविकोपार्जन सामाजिक सशक्तिकरण र समाबेसीकरण लगायतका मुद्धाहरु ओझेलमा पर्दै आएको दलित अधिकारकर्मीहरुले बताएका थिए ।

आफ्ना ७ बुधे मागसहित जिल्ला प्रशासन कार्यालय बाजुरामा पुगेका दलित अधिकारकर्मीहरुले हलिया मुक्तीको १२ वर्ष पुगिसक्दा पनि हलियाको पिडा जस्ताका त्यस्तै भएको जिल्ला हलिया मुक्ति समाज बाजुराका अध्यक्ष लालबिर सार्कीले बताएका छन् ।

बाजुरा जिल्लामा नेपाल सरकारबाट लागत भएका १६४४ घरधुरी मध्ये १४९१ घरधुरीले मात्र पुर्नस्थापनाको प्याकेज प्रपाप्त गरेका छन् । पुर्नस्थापनको प्याकेज पाएका २८ घरधुरीले दोस्रो किस्ता रकम पाउन सकेका छैनन । भने १४२ घरधुरी प्रमाणिकरण तथा परिचय पत्र पाउनबाट छुटेका छन् त्यस्तै ९८ जनाको स्थानिय तहमा पुर्नस्थापनाको अख्तियारी प्रदान गरिएपनि २ आर्थिक बर्षसम्म कुनै प्रगति भएको छैन ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै