होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘अब संक्रमणको अवस्था हेरेर स्थानीय तहले नै गर्नेछ लकडाउनको निर्णय’
समाचार

‘अब संक्रमणको अवस्था हेरेर स्थानीय तहले नै गर्नेछ लकडाउनको निर्णय’

  • नागरिक रैबार
‘अब संक्रमणको अवस्था हेरेर स्थानीय तहले नै गर्नेछ लकडाउनको निर्णय’

काठमाडौं । सरकारले कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट लकडाउन गर्न सकिने बताएको छ । बिहीबार मन्त्रिपरिषिद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले गत चैत ११ देखिको जस्तो लकडाउन गर्ने पक्षमा सरकार नरहेको बताएका छन् । उनले कोरोना संक्रमण बढेको क्षेत्रमा जिल्ला प्रशासन कार्यलयमार्फत लकडाउन जारी हुनसक्ने स्पष्ट पारेका छन् ।

उनले भने– ‘समस्या बढ्दै जाँदा कतिपय स्थानमा कडाई पनि गर्नुपर्ने र कतिपय अवस्थामा खुकुलो पनि गर्नुपर्ने अवस्था छ । जुन जिल्लामा कोरोना संक्रमणको अवस्था शून्य भइसक्यो, त्यहाँ खुकुलो गरेर जाने । जुन जिल्लामा बढेको छ त्यहाँ स्थानीय तहको रुपमा होस् वा जिल्लाको तहमा होस् कडाइका साथ जाने । कतिपयले त लकडाउन गरेरै जानुभएको छ, यो हामीले देखेकै कुरा हो । त्यसैले हामी छनौटपूर्ण ढंगबाट यो समस्या समाधान गर्दै जाने हो ।’

मन्त्री खतिवडाले जिल्ला प्रशासन कार्यालयले आवश्यकता हेरेर लकडाउन गर्न सक्ने बताउँदै अहिले पनि संक्रमित भएको स्थलमा सातदेखि दश दिनसम्म स्थानीय रुपमा बन्दाबन्दीको अवस्था रहेको बताए । उनले पहिलेजस्तो लकडाउन गर्ने सोचाईमा सरकार नरहेको प्रष्ट पारे ।

विज्ञापन

उनले अहिले बढेको संक्रमणको जोखिमले अति उद्दार भएर सार्वजनिक बस खोल्ने, विद्यालय खोल्ने, विमानस्थल खोल्ने अवस्था नरहेको बताए । त्यस्तै विदेशमा अलपत्र रहेका जो ल्याउनैपर्ने अवस्था भएकोलाई ल्याउने र केही बस्न सक्नेलाई सहज भएपछि नेपाल फर्काउने तयारी रहेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार