होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४८९० पुग्यो, कुन जिल्लामा कति ?
समाचार

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४८९० पुग्यो, कुन जिल्लामा कति ?

  • नागरिक रैबार
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४८९० पुग्यो, कुन जिल्लामा कति ?

धनगढी: सुदूरपश्चिममा बिहिवार नौँ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, शिक्षण अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप नौँ जनामा संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बाजुराका तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। उनका अनुसार शिक्षण अस्पतालमा भएको परीक्षणमा कञ्चनपुरका एक जनामा संक्रमण पुष्टि भएको छ।

यता सेती प्रादेशिक अस्पतालको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा आज थप दुई जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन सय ७५ जनाको कोरोना परीक्षण भएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का २९ बर्षीय पुरुष र अछामको साँफेवगर नगरपालिकाका २७ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

विज्ञापन

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज तीन जनामा संक्रमण पुष्टि भएको छ। २४ घण्टामा एक सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा तीन जनाको रिपोर्ट पोजेटिभ र एक सय ८६ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रयोगशाला ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए।

उनका अनुसार डोटीको सायल गाउँपालिका वडा नम्वर १ का २८ वर्षीय पुरुष र १० वर्षीया बालिका गरी दुई जना र बैतडीको मेलौली नगरपालिका वडा नम्वर ७ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। आज नौँ जनामा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय ९० पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार दुई सय ४९ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ८४, अछाममा सात सय २९, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कञ्चनपुरका पाँच सय ७०, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९६, बझाङका दुई सय ९३ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका तीन हजार चार सय डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार