होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२० कात्तिक, काठमाडौं । सिन्धुलीमा एक कोरोना संक्रमितको आर्थिक अभावमा उपचार नपाएर मृत्यु भएको छ । मृत्युपछि शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । कमलामाई नगरपालिका–५ जरायोटारका ४८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार मृत्यु भएको हो । दसैंको टीकाको भोलिपल्ट कात्तिक ११ गते संक्रमित पुरूष अचानक घरमै लड्न पुगेका थिए । आफन्तका अनुसार उनलाई […]
२० कात्तिक, धनगढी । कोरोना संक्रमण पुष्टि भएका सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह अस्पताल भर्ना भएका छन् । १५ गते कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री शाह होम आइसोलेसनमा रहेका थिए । एक्कासी स्वास्थ्यमा समस्या आएपछि मन्त्री शाहलाई बिहीबार सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना गरिएको हो । नाकबाट रगत […]
२० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपतिका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले अहिलेसम्म अमेरिकाको निर्वाचनमा कुनै पनि राष्ट्रपतिका उम्मेदवारले पाएको भन्दा धेरै भोट पाएका छन् । न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म बाइडनले ७ करोड १९ लाख २२ हजारभन्दा धेरै मत पाइसकेका छन् । यसअघि सबैभन्दा धेरै मत ल्याउने कीर्तिमान सन् २००८ को राष्ट्रपतीय निर्वाचनमा बाराक ओबामाले राखेका […]
काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी हमला भइरहेको भन्दै सरकारलाई काम गर्न नदिएर मुलुक गम्भीर मोडमा पुगेको बताएका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्दै सरकारमाथि पार्टीभित्र र बाहिर दुवैतिरबाट हमला हुँदा सोचेजति काम गर्न नसकिएको बताएका हुन् । ‘पार्टी भित्रैबाट पनि सहयोग भएन । घेराबन्दी गरिन्छ, राजीनामा […]
सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवा खेल्ने÷खेलाउने सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–७ इत्राममा बुधबार जुवा खेलाउने एक घरधनी महिलासहित ती व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट रु ५६ हजार ६१० नगदका साथै नौ पाकेट तास बरामद गरेको छ । जिल्ला प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा घरधनी वीरेन्द्रनगर–७ का निर्मला शाही, […]
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ८३ लाख ६४ हजार नाघेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० हजार २०९ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५५ हजार ३३१ जना संक्रमणमुक्त भएका छन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या ५ लाख २७ हजार […]
नायक पुष्प खड्का नयाँ २ चलचित्रमा काम गर्ने तयारीमा छन् । उनले चलचित्र ‘कृष्ण लीला’ र मुकुन्द भट्टको निर्देशनमा तयार हुन लागेको एक्सन चलचित्रमा काम गर्ने तयारी गरेका हुन् । चलचित्र ‘कृष्ण लीला’को छायांकन मंसिर १५ गतेबाट सुरु हुने बताइएको छ । नायक पुष्प खड्का सबै जना मिलेर चलचित्र क्षेत्रलाई उठाउनुपर्ने बताउँछन् । पुष्पले भने–‘अहिले […]
२० कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । बुधबार भेट गर्ने भनिएपनि पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नीको निधनका कारण प्रचण्ड बालुवाटार गएका थिएनन् ।
२० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले जितको औपचारिक घोषणा नहुँदै राष्ट्रपति कार्यालय ह्वाइट हाउस प्रवेश गर्ने तयारी सुरु गरेका छन् । त्यसका लागि उनले ‘बिल्ड ब्याक बेटर’ नामको ट्रान्जिसन वेबसाइट सुरु गरेका छन् । अमेरिकाको राष्ट्रपति निर्वाचनमा जसले जित्छ, त्यही उम्मेदवारले ह्वाइट हाउस जाने तयारी गर्नुभन्दा पहिला आफ्नो […]
अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले राष्ट्रपति पद सम्हाल्नका लागि पर्याप्त राज्यमा आफूले जित्ने स्पष्ट भएको बताएका छन् । मिशिगनमा बाइडनले जित्ने प्रक्षेपणहरू सार्वजनिक भएपछि सङ्क्षिप्त कुराकानीमा उनले भने, “जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौँ।“ नतिजा घोषणाका निम्ति हरेक मत गणना भइसक्नुपर्नेमा उनले जोड दिए । बाइडनले भने, “हाम्रो […]
काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोज कुमार नरवणेले भद्रकालीस्थित सैनिक मुख्यालय जंगी अड्डामा आखरको बिरुवा रोपेका छन् । आफ्ना समकक्षी पुर्णचन्द्र थापाको निमन्त्रणमा तीन दिने भ्रमणको लागि नेपाल आएका सेनाध्यक्ष नरवणेले बिहीबार बिहान जंगी अड्डा पुगेर ओखरको बिरुवा रोपेका हुन् । जंगी अड्डामा नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ । […]
२० कात्तिक काठमाडौं । दुई मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज बंगलादेशको ढाका प्रस्थान गरेको छ । २५ खेलाडी र बाँकी अफिसियल गरी कूल ३४ सदस्यीय टोली हिमालयन एयरलाइन्समार्फत बिहान ढाका प्रस्थान गरेको हो । नेपालले बंगलादेशसँग यही नोभेम्बर १३ र १७ तारिखमा ढाकामा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसअघि नेपाली टोली […]
२० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका सबै जिल्लाहरुमा ५० बेडसम्मको आइसोलेसन थप गर्ने निर्णय गरेको । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले जनसंख्या तथा कोरोना संक्रमितको चापका आधारमा प्रदेशका प्रत्येक जिल्लाहरुमा २५ देखि ५० बेडसम्मको आइसोलेसन थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमितहरुको उपचारको लागि नेपाल […]
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति वर्तमान सरकारको निष्ठा र नियतमाथि बेलाबेला प्रश्न उठ्ने गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विगत र वर्तमानमा गणतन्त्र र सङ्घीयताविरुद्ध शृङ्खलाबद्ध रूपमा दिएको अभिव्यक्तिले यसबारे प्रश्न उब्जाएको देखिन्छ ।विगतमा ‘बयलगाडा चढेर अमेरिका जानु र नेपालमा गणतन्त्र आउनु उस्तै’ भनेर अभिव्यक्ति दिने प्रधानमन्त्री ओलीले केही दिनअघि मात्र उनले […]
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे आफ्नो तीनदिने नेपाल भ्रमणको क्रममा सोलुखुम्बु पनि जाने भएका छन् । शुक्रवार विहान उनि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका जाने अनौपचारीक कार्यक्रम तय गरिएको हो । खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको होटल एभरेष्ट भ्यू बाट नरवणेले सर्वोच्च शिखर सगरमाथाको दृश्य अवलोकन गर्ने सैन्य स्रोतले जनाएको छ । […]
नेकपाको पूर्वमाओवादी समूहबाट ६ जना प्रधानमन्त्री केपी ओली कित्तामा पुगेका छन् । त्यसमध्ये ४ जना नेताको पृष्ठभूमि जे छ त्यसले ओली कति चलाखीसहित चलखेल गर्न सक्दा रहेछन् भन्ने तथ्य देखाईदिन्छ । प्रधानमन्त्री ओलीले पूर्वमाओवादीभित्रको असन्तुष्टि र पूर्वसमूहलाई मसिनो गरी केलाएको देखिन्छ । केस्राकेस्रा केलाएका ओलीले पूर्वमाओवादीभित्रको पुरानो समूह जो जहिल्यै किनाराकृत हुन्थ्यो, त्यो समूहका नेतालाई […]
समाजमा दुष्टता बढ्दै जाँदा सबैले यसको सामना गर्ने उपायहरू खोजिरहेका हुन्छन् । समाजमा देखिएका नराम्रा आचरणलाई रोक्नको लागि हाम्रो भूमिका के ? भन्ने पनि सबैले ध्यान दिनुपर्छ । समाज सुधार्नको लागि पहिलो आफू सुध्रिनुपर्छ र त्यसपछि आफ्नो परिवार सुधार्नुपर्छ । सबैंले आफू र आफ्नो परिवार सुधार्न हो भने एकैपटक समाज सुधार भइहाल्छ । हामीले आफ्ना […]
२० कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन जित नजिक पुगेका छन् । द न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म बाइडनले २५३ इलेक्टोरल कलेज भोट पाएका छन् । उनले यसअघि ट्रम्पले जितेको मिशिगन र विस्कोन्सिनमा महत्वपूर्ण जित हात पार्दै आफ्नो अग्रता कायम राखेका हुन् । यी दुई राज्यमा सन् २०१६ को निर्वाचनमा ट्रम्पले […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हालि नेपालमा उल्लेखनिय मौसमी प्रणली विकसित भएको छैन । महाशाखाले हाल देशभरको मौसमको अवस्था जारी गर्दै पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ । यसैगरी, बिहीबार दिउँसो देशको पहाडी […]
नेपाली कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुधबार साँझ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र महिला नेतृत्व’ विषयक भर्चुअल अन्तक्र्रियाका सहभागी कांग्रेस महिला केन्द्रीय सदस्यहरुले कांग्रेसको केन्द्रदेखि वडा तहसम्म आठवटै संरचनामा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री […]