होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जुवा खेल्ने सात जना पक्राउ
समाचार

जुवा खेल्ने सात जना पक्राउ

  • नागरिक रैबार
जुवा खेल्ने सात जना पक्राउ

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवा खेल्ने÷खेलाउने सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–७ इत्राममा बुधबार जुवा खेलाउने एक घरधनी महिलासहित ती व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट रु ५६ हजार ६१० नगदका साथै नौ पाकेट तास बरामद गरेको छ । जिल्ला प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा घरधनी वीरेन्द्रनगर–७ का निर्मला शाही, खगेन्द्र खत्री, चेतन आचार्य, वीरेन्द्रनगर–८ का जीवन सुनार, वीरेन्द्रनगर–९ का प्रवेश गुरुङ, वीरेन्द्रनगर–३ का खम्बबहादुर शाही र वीरेन्द्रनगर–६ का निराजन शाही रहेका छन् ।

 

विज्ञापन

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चाडपर्वको समयमा जुवातासजस्ता अवैध गतिविधि बढी हुने भन्दै रोकथाम र नियन्त्रणका लागि प्रहरी परिचालन तीव्र पारेको जानकारी दिए । पक्राउ गरेका व्यक्तिहरुमाथि थप अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाउने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार