होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • भीड जम्मा भएर होली खेल्न नपाइने, औपचारिक कार्यक्रममा पनि रोक
देश/प्रदेश

भीड जम्मा भएर होली खेल्न नपाइने, औपचारिक कार्यक्रममा पनि रोक

  • नागरिक रैबार
भीड जम्मा भएर होली खेल्न नपाइने, औपचारिक कार्यक्रममा पनि रोक

काठमाडौं- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाड गरेर होली खेल्न निषेध गर्ने भएको छ ।

जिल्ला सुरक्षा समन्वय समितिको बुधबार दिउँसो बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भीड जम्मा भएर होली खेल्न निषेध गरेको हो ।

त्यसैगरी बैठकले काठमाडौंमा आयोजना गरिने सार्वजनिक कार्यक्रममा समेत रोक लगाउने भएको छ । पूर्वस्वीकृति लिइएका कार्यक्रमलाई पनि रद्द गर्न अनुरोध गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खबरहबलाई जानकारी दिए ।

विज्ञापन

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको जनाएसँगै सरकारले कोरोनाको सम्भावित जोखिम रोक्न तीव्र तयारी थालेको छ । सरकारले कोरोनाको संक्रमणबाट जोगिन भीडभाडमा नजान तथा सभा-सम्मेलनको आयोजना नगर्न समेत अनुरोध गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार