होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भ्रष्टाचारको मुद्दामा मुछिएपछि स्पेनका पूर्वराजाले देश छाडे
समाचार

भ्रष्टाचारको मुद्दामा मुछिएपछि स्पेनका पूर्वराजाले देश छाडे

  • नागरिक रैबार
भ्रष्टाचारको मुद्दामा मुछिएपछि स्पेनका पूर्वराजाले देश छाडे

सम्भावित भ्रष्टाचारको अनुसन्धानमा मुछिएपछि स्पेनका पूर्वराजा हुवान कार्लोसले देश छाड्ने निर्णय गरेको राजदरवारले जनाएको छ । ८२ वर्षीय कार्लोसले आफ्नो छोरा राजा फिलिपेलाई पत्र लेख्दै यसबारे जानकारी दिएका हुन् । यद्यपि, आवश्यक परे अनुसन्धानमा बयानका लागि उपस्थित हुने उनले बताएका छन् ।

गत जुनमा स्पेनको सर्वोच्च अदालतले साउदी अरबमा द्रूत गतिको रेलको करारमा भएको भ्रष्टाचारमा कार्लोसको सहभागिताबारे अनुसन्धान शुरु गरेको थियो । स्पेन छाडेर कार्लोस कहाँ जानेछन् भन्ने खुलाइएको छैन । तर, स्पेनिस प्रेसका अनुसार उनी अहिले देशमा छैनन् ।

सन् १९७५ मा जेनरल फ्राङ्कोको निधनपछि स्पेनलाई तानशाहबाट प्रजातन्त्रमा सफलतापूर्वक रुपान्तरण गरेका राजाले यसरी देश छाडेर जानुलाई अपमानजनक निकासका रुपमा व्याख्या गरिएको छ ।

विज्ञापन

४० वर्ष राजाका रुपमा शासन गरेका उनले सन् २०१४ मा राजगद्दी त्याग गरेका थिए । त्यतिबेला उनको छोरीको पति भ्रष्टाचार मामिलामा मुछिएका थिए । कार्लोस भव्य जीवनशैलीका लागि आलोचित रहेका छन् ।

स्रोतः बीबीसी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार