होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोना विरुद्धको उपयुक्त खोप कहिल्यै पत्ता लाग्दैन : डब्ल्यूएचओ
समाचार

कोरोना विरुद्धको उपयुक्त खोप कहिल्यै पत्ता लाग्दैन : डब्ल्यूएचओ

  • नागरिक रैबार
कोरोना विरुद्धको उपयुक्त खोप कहिल्यै पत्ता लाग्दैन : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसविरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता लाग्न नसक्ने जनाएको छ। संगठनका महानिर्देशक डाक्टर टेड्रोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरस विरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्न सक्ने बताएका हुन्।

उनले विश्वभरका मानिसलाई सामाजिक दूरी, हातको सफाइ तथा मास्क प्रयोग गर्नेसहितका उपायहरु अपनाउन अपिलसमेत गरेका छन्। केही खोपहरु तेस्रो चरणको मानवीय परीक्षणको क्रममा भएकाले सङ्क्रमणबाट जोगाउन खोप प्राप्त हुने आशा रहेको भन्दै अहिलेका लागि महामारी नियन्त्रणमा लिने उपाय भनेको परीक्षण, आइसोलेशन र बिरामीको उपचार नै भएको बताए।

यस्तै सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी गरी क्वरेण्टीनमा राख्नुको विकल्प नभएको उनको भनाइ छ। यसैबीच  डाक्टर टेड्रोजले कोरोना भाइरसको सङ्क्रमण भएका आमाहरुलाई सन्तानलाई दूध चुसाउन नछोड्न पनि आग्रह गरेका छन्।

विज्ञापन

दूधबाट सङ्क्रमण नफैलिने भएकाले स्तनपान जारी राख्न उनले जोड दिए।  अहिलेसम्म विश्वभर एक करोड ८४ लाख भन्दा धेरै मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ६ लाख ९७ हजारको ज्यान गएको छ। १ करोड १६ लाख भने उपचारपछि निको भएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार