होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • क्षति भएका ठाउँको पुनः निर्माणमा तत्काल लाग्छाै‌: मुख्यमन्त्री भट्ट
बाजुरा बिशेष

क्षति भएका ठाउँको पुनः निर्माणमा तत्काल लाग्छाै‌: मुख्यमन्त्री भट्ट

  • नागरिक रैबार
क्षति भएका ठाउँको पुनः निर्माणमा तत्काल लाग्छाै‌: मुख्यमन्त्री भट्ट

नागरिक रैबार/बाजुरा १८ भदाै । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बाढी पहिरोबाट क्षेती भएका ठाउँको तत्काल पुन:निर्माण गर्ने आश्वासन दिएका छन् ।

अविरल वर्षासँगै आएको बाढी र पहिराेबाट क्षति भएका बाजुराका सवै ठाउँलाई व्यवस्थित र पुनःनिर्माण गर्न प्रदेश सरकारले  विशेष प्राथमिकतामा राखेर तत्काल योजना बनाउने आश्वासन दिएका हुन् ।

बाढी र पहिराेबाट विस्थापित र मृत्यु भएका आफन्तलाई राहत वितरण तथा क्षतिको स्थलगत अनुगमन गर्न नेपाली सेनाको हेलिकप्टरमार्फत विहिबार बाजुरा पुगेका मुख्यमन्त्री भट्टले वर्षाले ठाउँ ठाउँमा पहिरो आएकाले यसको व्यवस्थित पुनः निर्माण गर्न प्रदेशले प्रमुख प्राथमिकतामा राखेको बताए। उनले बस्ती विकास कार्यक्रमका लागि प्रदेश सरकारले योजना तथा नीति बनाउन थालेको मुख्यमन्त्री भट्टले भने।

विज्ञापन

लामो समयदेखि सदरमुकाम मार्तडीसँग अन्य स्थानीय तहसँगको समन्वय टुटेकाले सडकमा आएको पहिरो हटाउने कार्य तत्काल शुरु गर्ने मुख्यमन्त्री भट्टले आश्वासन दिए।

बाढी पहिराबाट पीडितलाई राहत वितरण तथा क्षतिको अनुगमन गर्न गृह जिल्ला पुगेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले बाजुराका लागि एकीकृत मुख्यमन्त्री बस्ती विकास कार्यक्रम लागू गर्नुपर्ने माग गरेका छन्।

जिल्लाका अम्कोट, बजेडी गुम्लागाउँ, सिम्ला, गुइवन, घागर कोल्टी, ओलेनालगायतका बस्तीलाई स्थान्तरण गर्नुपर्ने भएकाले प्रदेश सरकारले एकीकृत बस्ती विकास गर्नुपर्ने र जग्गा जमीन सङ्घीय सरकारले उपलब्ध गराउनुपर्नेमा मन्त्री शाहले जोड दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार