होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका जोखिम् बस्तीलाई छिट्टै स्थानान्त्रण गर्नु छ – मन्त्री शाह
समाचार

बाजुराका जोखिम् बस्तीलाई छिट्टै स्थानान्त्रण गर्नु छ – मन्त्री शाह

  • नागरिक रैबार
बाजुराका जोखिम् बस्तीलाई छिट्टै स्थानान्त्रण गर्नु छ – मन्त्री शाह

नागरिक रैबार/बाजुरा १८ भदौ। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले बाढी पहिरोबाट क्षती भएका असुरक्षित बस्तीलाई अव छिट्टै सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने बताउनु भएको छ ।

विहिबार नेपाली सेनाको हेलिकप्टरमा मुख्यमन्त्री त्रिलोचन भट्ट सहित नेतृत्वको टोलीमा संगै आएका कानुनमन्त्री शाहले सो कुरा बताउनु भएको हो ।

अछाम तथा बाजुरा जिल्लाका बाढी पिडित तथा मृतकका परिवारलाई राहात वितरण गर्न आएका कानुन मन्त्री शाहले धेरै मान्छेलाई सुरक्षित बस्ती स्थानान्त्रण गर्नु पर्ने छ भने । मन्त्री शाहले थप्दै भने पहिरोका कारण जोखिममा रहेको अमकोट, बाढीले बगाएको तथा थप जोखिममा रहेको घाघर, ओल्याना, पानीनाउला, बजेडी, गौमुलको सिम्ला लगायतका ठाउँमा रहेका मानव वस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नका विशेष पहल गरिने छ ।

विज्ञापन

यस्ता थुप्रै बस्तीहरु हाम्रो जिल्लामा छन् । यसका निन्ती बृहत मुख्य मन्त्री एकिकृत विस्तृत बस्ती विकास कार्यक्रम प्रदेश सरकारले लागु गर्नु पर्दछ । जग्गा तोकी दिने, उपलब्ध गराई दिने काम नेपाल सरकारले गुर्न पर्दछ । र बस्ती विकासका कार्यक्रम सँगसँगै जनता आवास कार्यक्रम पनि लागु गुर्न आवश्यक रहेको मन्त्री शाहको भनाई थियो ।

मुख्यमन्त्रि सहितको टोलीले बाजुरामा गत साउन २५ गते र भदौ २ गते राति बुढीनन्दा नगरपालिकाको नुरीखोलामा आएको बाढी र त्रिवेणी नगरपालिकाको मालागाड खोलामाा आएको बाढीबाट प्रभावित बनेको क्षेत्र र भदौै २ गते राति अछामको रामारोशन गाउँपालिकाको कैलाश खोलामा आएको बाढीले शैनिबजारमा बाढीबाट धनजनमा पुर्याएको क्षतीको अनुगमन गरेको हो ।

टोलीले  बाजुरा र अछामका विभिन्न प्रभावित ठाउँहरुमा पुगेर अनुगमनका साथै विपद्बाट मृत्यु भएका परिवारलाई जनही एकलाख र विस्थापित बनेका परिवारलाई खाद्यन्न र लत्ता कपडा समेत वितरण गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार