होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • पहिलो पटक एकसाथ अभिनय गर्दै पल, पुजा र आकाश
मनोरञ्जन

पहिलो पटक एकसाथ अभिनय गर्दै पल, पुजा र आकाश

  • नागरिक रैबार
पहिलो पटक एकसाथ अभिनय गर्दै पल, पुजा र आकाश

काठमाडौं | कुनै पनि चलचित्र क्षेत्रका दुई सुपरस्टार नायक र एकदमै चर्चित नायिकालाई एकसाथ अभिनय गरेको हेर्ने सम्पूर्ण दर्शकहरुको चाहना हुन्छ ।यसैबीच नेपाली चलचित्र क्षेत्रमा दर्शकहरुको मन मुटुमा बस्न सफल चर्चित कलाकार पल शाह, पुजा शर्मा र आकाश श्रेष्ठलाई एकसाथ अभिनय गरेको हेर्न पाइदै छ ।

पल, पुजा र आकाशले केहि समय अगाडि चर्चित भएको म्यूजिक भिडियो ‘काले केटा’ को दोस्रो भाग ‘काले केटा २’ म्यूजिक भिडियोमा एकसाथ अभिनय गरेका छन् ।ध्रुव प्रसाद अमगाइको शब्द रहेको ‘काले केटा २’ गीतमा चर्चित गायिका दुर्गा खरेलले सुमधुर आवाज दिएकी छिन् भने चर्चित सङ्गीतकार अर्जुन पोख्रेलले सङ्गीत भरेका छन् ।

दि डिभाइन म्यूजिकले प्रस्तुत गर्न लागेको ‘काले केटा २’ गीतलाई उत्सव दाहालले छायांकन गरेका छन् भने सुरेन्द्र बसेलले कोरियोग्राफी र विधान कार्कीले यो म्यूजिक भिडियोलाई निर्देशन गरेका हुन् ।पल, पुजा र आकाशको यो म्यूजिक भिडियोमा धमाकेदार प्रस्तुति हेर्न पाइने छ भने यो गीत छिट्टै बजारमा ल्याउने निर्माण टिमको तयारी रहेको छ ।

विज्ञापन

पहिलो पटक एकसाथ म्यूजिक भिडियोमा अभिनय गरेका पल, पुजा र आकाशलाई दर्शकहरुले ठुलो पर्दामा हेर्ने इच्छा जाहिर गरिरहेका छन् । आशा गरौं छिट्टै यि तीन कलाकारलाई ठुलो पर्दामा हेर्न पाइयोस् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै