होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमकै उत्कृष्ट भए बाजुराका डिएसपी टंकप्रसाद भट्टराई
समाचार

सुदूरपश्चिमकै उत्कृष्ट भए बाजुराका डिएसपी टंकप्रसाद भट्टराई

  • नागरिक रैबार
सुदूरपश्चिमकै उत्कृष्ट भए बाजुराका डिएसपी टंकप्रसाद भट्टराई

नागरिक रैबार/बाजुरा १७ भदौ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक (डिएसपी) टंक प्रसाद भट्टराई सुदूरपश्चिम प्रदेश भरिमै प्रहरीको कार्यसम्पादनमा उत्कृष्ट भएका छन् ।

Image may contain: 1 person, standing, mountain, sky, outdoor and nature

डिएसपी भट्टराईले बाजुरा जिल्लामा कार्यरत रहँदाको समयमा जिल्लाको शान्ति सुरक्षा अमनचयन कायम गर्ने कार्यमा साहसिक र कर्तव्य निष्ट भएर प्रहरी प्रमुखको जिम्मेवारी पुरा गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले उनलाई प्रदेश भरिकै उत्कृष्ट प्रहरी प्रमुखमा घोषित गर्दै पुरस्कृत गरेको हो ।

विज्ञापन

Image may contain: 2 people, people standing, house, outdoor and nature

बाजुरामा रहँदा प्रहरी संगठनमै उत्कृष्ट कार्य गरि प्रहरीको छविलाई उच्च राखि आफ्नो पद अनुसारको जिम्मेवारी पूणर् ईमान्दारि एंव कर्तव्य निष्ठाका साथ प्रशंसनीय एंव अनुकरणीय तवरले कार्यसम्पादन गर्दै जिल्लाको सम्पूणर् शान्ति सुरक्षा व्यवस्थालाई चुस्त दूरुस्त राखि जिल्लामा हुने अपराधिक गतिविधीहरुको नियन्त्रणमा दिनरात नभनि काम गरेपछि उनलाई प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट प्रहरी प्रमुख घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Image may contain: 3 people, people standing, tree and outdoor

डिएसपी भट्टराई २०७६ पुस २३ गते जिल्ला प्रहरी कार्यालय बाजुरामा हाँजिर भएका थिए । बाजुरा जिल्लामा हाँजिर भएदेखि नै करिव ८ महिनाको बाजुराको कार्यकाल अवधिभर डिएसपी भट्टराईले जिल्ला भरिका ९ वटै स्थानीय तहका गाउँगाउँ देखि वडावडासम्म पुगेर जनतालाई शान्ति सुरक्षाको अनुभुति दिलाएका  थिए ।

Image may contain: one or more people, mountain, grass, outdoor and nature

Image may contain: 13 people, people smiling, outdoor

डिएसपी भट्टराई जिल्लामा आएदेखि नै जिल्लाको सम्पूणर् शान्ति सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राखि जिल्लामा आपराधिक गतिविधि हुन नदिई प्रहरी संगठनको निति निर्देशन अनुरुप उच्च अनुशासनमा रही आफ्नो पदिय जिम्मेवारी इमान्दारी एंव बफादारीका साथ प्रहरीले गर्नुपर्ने काम कर्तव्यको पालना गरेपछि बाजुराबासीले पनि डिएसपी भट्टराईलाई धन्यवाद दिदै आएका थिए ।

Image may contain: 1 person

डिएसपी भट्टराई बाजुराबाट जाँदै, डिएसपी मदनजीत महरा आउँदै

Image may contain: 3 people, people standing, tree, plant, outdoor and nature

बाजुराका डिएसपी टंक प्रसाद भट्टराईको ३ दिन अघि बाजुराबाट सरुवा राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबार काठमाडौंमा भईसकेको छ । डिएसपी भट्टराईको सट्टा बाजुरामा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालमा कार्यरत मदनजित महरा बाजुरा आउने भएका छन् ।

Image may contain: 1 person, standing, mountain, outdoor and nature

यस अघि प्रहरी प्रधान कार्यालयले देशभरमा ७२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको थियो । प्रहरी प्रधान कार्यालयले सोमबार सार्वजनिक गरेको सूचि अनुसार सुदूरपश्चिम प्रदेशमा कार्यरत ६ जना डिएसपी मध्ये बाजुराका डिएसपी भट्टाराईको पनि बाजुराबाट सरुवा भईसकेको छ ।

डिएसपी भट्टराई बाजुरा प्रवेश पछि भएका कामहरु यी हुन् ।
१, फरार अभियुक्त पक्राउ संख्या : ३९ जना निजहरु बाट राजश्व रकम रु. १,२१,९८०। संकलन भएको ।

२, अबैध हात हतियार बरामद : ८ वटा मानिस र निजहरु बाट भरुवा बन्दुक ७ वटा बरामद गरेको ।

३, जुवा तास नियन्त्रण संख्या : ७ र मानिस पक्राउ संख्या ३६ जना नगद १,५१,६७०।-समेत बरामद गरेको ।

४, दैविय प्रकोप उद्धार संख्या : मानविय तथा चौपाया क्षति १३ वटा स्थानमा र सामान्य क्षति ८९ स्थानमा खटिई उद्धार र क्षतिको विवरण संकलन गरेको ।

Image may contain: one or more people, people standing and outdoor

५, छाउपढी गोठ भत्काएको संख्या :  ९ वटै स्थानिय तहको बिभिन्न वडा एरीयामा रहेका ३७५ वटा भत्काईएको ।

Image may contain: 5 people, crowd and outdoor

६, छाउपढी सम्बन्धी अन्तक्रिया कार्यक्रम : ६७ वटा स्थानहरुमा यस जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरु बाट स्थानिय स्तरमा अन्तरक्रिया तथा जन चेतना कार्यक्रमहरु गरेको ।

Image may contain: one or more people, people sitting and indoor

७, क्वारेन्टाईनमा ब्यवस्थापन : जिल्लाका ९ वटै स्थानियतह हरुको १६३ वटा स्थानहरुमा रहेका क्वारेन्टाईनहरुमा सुरक्षाकर्मी खटाई क्वारेन्टाईन सुरक्षा ब्यवस्था मिलाई निजहरुको अभिलेखिकरण राखेको जसमा भारत बाट आएका ७१४७ जना, बिदेश बाट आएका ७ जना र नेपाल भित्र बाट आएका १३०१ जना गरी जम्मा ८४५५ जना लाई क्वारेन्टाईनमा राखेको ।

Image may contain: one or more people, people standing and outdoor

८, यस जिल्लाको सिमानाकाहरुमा प्रहरी हेल्पडेक्स स्थापना गरी जिल्ला भित्रिने तथा बाहिरिने मानिस ,सवारी साधनहरुको संख्यात्मक विवरण अभीलेखिकरण गरी सम्बन्धित स्थानिय तह सँग समन्वय गरी क्वारेन्टाईनमा व्यवस्थापन गरेको ।

९, मदिरा बरामद : अबैध घरेलु मदिरा ११.१३३ लि. र न्युन गुस्तरिय तथा मदिरा निशेधित क्षेत्रबाट बिभिन्न ब्राण्डको मदिरा ७९७ पेटी समेत बरामद गरी स्थानिय तह ,जन प्रतिनिधी, स्थानिय ब्यक्तिहरुको रोहबरमा नष्ट गरेको ।

Image may contain: one or more people, people sitting, child, outdoor and nature

१०, अस्थायी पोष्ट : २ वटा स्थानमा स्थापना गरी शान्ति सुरक्षा अमनचयन कायम गरी सुरक्षाको प्रत्याभुती दिलाएको । प्रतिबन्धित बिप्लव समुहका जिल्ला स्तरिय नेता पक्राउ पछी चन्दा आतंक तथा धाकधम्की बन्द भएको ।

Image may contain: outdoor

Image may contain: 6 people, people standing

११, आचरण विपरित कार्य गर्ने प्रहरी कर्मचारी उपर ८ जना लाई बिभागिय कारवाही गरिएको ।

१२, कर्तव्य निष्ठ भई उकृष्ठ कार्य गर्ने ४८ जना प्रहरी कर्मचारीहरु पुरुस्कृत गरिएका ।

Image may contain: 9 people, including Surendra Khadka, people sitting

१३, कपडा, जुत्ता चप्पल,साबुन,मन्जन,ब्रस देखि लिएर जिन्सी सामान सुन, नगद लगायतका सर सामन चोरी गरी थुपारी बेच्न बाल बिज्याईमा संलग्न १० बर्ष देखि १७ बर्ष उमेरका ५५ जना बाल बालिकाहरु पक्राउ परेका र निजहरुले चोरी गरेको सर समान सम्बन्धित ब्यक्तिहरुलाई फिर्ता गराई बाल बिज्याईमा संलग्न ब्यक्तिहरुलाई सम्झाई बुझाई गरी अविभावकहरुको जिम्मा लागएको हाल बजारमा दैनिक जसो हुने चोरीका घटनाहरु न्युन रहेको ।

Image may contain: one or more people, people sitting, shoes and outdoor

१४, जिल्ला प्रहरी कार्यालय बाजुराले त्रिवेणी नगरपालिका ६ पन्धाराबाट बन्यजन्तुको छाला र हड्डी सहित ३ जनालाई पक्राउ गरेको । लकडाउनको समयमा बन्यजन्तुको चोरी सिकारी बढेको सुराक आएपछि प्रहरीले अनुसन्धानमा थप कडाई गरेको थियो । अनुसन्धानका क्रममा गोप्य सूचनाको आधारमा जंगली जनावरको चोरी सिकारी र पैठारी गर्ने ३ जनालाई २०७७ असार ९ गते विहान ३ बजेको समयमा लुकाई छिपाई राखेको अवस्थामा बाघको छाला, रतुवाको छाला, घोरलको छाल तथा हड्डी सहित त्रिवेणी नगरपालिका ६ बस्ने ३ जनालाई जिल्ला प्रहरी कार्याल्य बाजुराका डिएसपी टंकप्रसाद भट्टराईको टोलीले पक्राउ गरेको थियो । पक्राउ गरेको बस्तु जिल्ला वन कार्यालयलाई बुझाएको थियो ।

Image may contain: 1 person, standing, indoor and food

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार