होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देशभर चिसो बढ्ने, बिहीबार र शुक्रबार वर्षा र हिमपात
समाचार

देशभर चिसो बढ्ने, बिहीबार र शुक्रबार वर्षा र हिमपात

  • नागरिक रैबार
देशभर चिसो बढ्ने, बिहीबार र शुक्रबार वर्षा र हिमपात

काठमाडौं। बुधबारदेखि देशभर चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जम्मू–कश्मीरमाथि रहेको पश्चिमी न्यूनचापीय प्रणाली नेपालको पश्चिमी भेगमा आज रातिसम्ममा प्रवेश गर्ने हुँदा बुधबार देशको पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ।

यो प्रणाली बिहीबार बेलुकीसम्म अझै सशक्त भइ देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमा समेत भारी हिमपात हुने मौसमविद् शान्ति कँडेललले बताइन्। यो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरि बदली भइ तापक्रम घट्ने र देशैभरि चिसो बढ्ने अनुमान रहेको मौसमविद् कँडेलले बताइन्।

यस्तै यही प्रणालीका कारण आउँदो बिहीबार र शुक्रबार केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्। देशभर तापक्रम घट्ने सम्भावना रहेकाले हिमपात र चिसोबाट जोगिन सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार