होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर १, २०८२
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • पारमितालाई बधाई भन्न किन कञ्जुस्याइँ गर्नु
मनोरञ्जन

पारमितालाई बधाई भन्न किन कञ्जुस्याइँ गर्नु

  • नागरिक रैबार
पारमितालाई बधाई भन्न किन कञ्जुस्याइँ गर्नु

पारमिता राणाका बीचमा जेजति समाचार आए, दुःखकै समाचार आए। कहिले ब्वाइफ्रेन्डसँग इन्गेजमेन्ट तोडिएको त कहिले फिल्मले पानी पनि नभनेको १ अझ पछिल्लो समय त पारमिता फिल्मविहीन थिइन्। फेसनका केही इभेन्टमा सहभागी हुँदै उनले दिन काटिरहेकी थिइन्।

तर, अन्ततः उनका दिन फर्किएका छन्। उनले तेलुगू फिल्मका स्टार गोपीचन्दसँग तेलुगू फिल्ममा काम गर्ने अवसर पाएको खबर छ। यसको जानकारी पारमिता स्वयंले फेसबुकमार्फत गराएकी थिइन्। फेसबुकमा उनले गोपीचन्दसँग फोटो सेयर गर्दै शब्दहीन भएको पनि उल्लेख गरेकी छिन्।

उनले लेखेको स्ट्याटस हेर्दा उनले गतिलै फिल्म हात पारेजस्तो देखिन्छ, तर हो कि होइन, त्यो भने रिलिजपछि नै थाहा हुन्छ। यसअघि करिश्मा मानन्धर, झरना वज्राचार्य, गौरी मल्ल आदिले पनि भारतीय फिल्ममा अभिनय गरेका थिए। तर, न उनीहरूले त्यहाँ निरन्तरता दिन सके, न गरेको फिल्मबाट प्रशंसा नै पाए। जे होस्, पारमितालाई बधाई भन्न किन कञ्जुस्याइँ गर्नु ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै