होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ५
  • प्रदेश ५ को योजना आयोग उपाध्यक्षमा गौतम नियुक्त
प्रदेश ५

प्रदेश ५ को योजना आयोग उपाध्यक्षमा गौतम नियुक्त

  • नागरिक रैबार
प्रदेश ५ को योजना आयोग उपाध्यक्षमा गौतम नियुक्त

बुटवल : ५ नम्बर प्रदेशको योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गौतमलाई उपाध्यक्षमा नियुक्त गरेको हो। गौतम बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन्। यसअघिका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले राजिनामा दिएपछि सो पद खाली रहेको थियो

सरकारका प्रवक्ता बैजनाथ चौधरीले श्रेष्ठको राजिनामा स्वीकृत गर्दै गौतमलाई उपाध्यक्षमा नियुक्त गरिएको जानकारी दिए । श्रेष्ठ राष्ट्र बैंकको निर्देशकमा बढुवा भएपछि राजिनामा दिएका हुन्।

त्यस्तै मन्त्री परिषद बैठकले दाङको लमहीमा ट्रमा सेन्टर निर्माणका लागि स्वीकृति दिएको छ । लमही नगरपालिकाले उपलब्ध गराएको जग्गामा प्रदेश सरकारले अस्पताल निर्माण गर्ने भएको हो। पूर्वपश्चिम राजमार्गमा हुने दुर्घटनाका घाइतेको उपचारका लागि अस्पताल बनाउन सामाजिक विकास मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।

विज्ञापन

बैठकले रुपन्देहीको सैनामैनामा जेष्ठ नागरिक र अपांग ग्राम निर्माणका लागि समेत स्वीकृति दिएको छ। सैनामैना नगरपालिकाले उपलब्ध गराएको सो स्थानमा सामाजिक विकास मन्त्रालयले जेष्ठ नागरिक ग्राम र अपांग ग्राम निर्माण गर्दैछ ।
मन्त्रीपरिषद् बैठकले प्रदेशको सुशासन सम्बन्धी विधेयक प्रदेश सभामा पेश गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता चौधरीले जानकारी दिए।

बैठकले दाङको घोराही नगरपालिका र चीनको गोञ्जाउस्थित यान नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि संघ सरकारमा सिफारिस गरेको छ। त्यस्तै ठाकुरवावा नगरपालिका र चीनको यान तथा लिउ पानयुसी नगरबीच भगिनी सम्बन्ध कायम गर्न संघ सरकारलाई सिफारिस गरेको छ । साभार अन्नपूर्ण पाेष्ट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार