होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • खारगाणा खोलामा आएको बाढीका कारण गणखेत बस्ती जोखिम्
समाज

खारगाणा खोलामा आएको बाढीका कारण गणखेत बस्ती जोखिम्

  • नागरिक रैबार
खारगाणा खोलामा आएको बाढीका कारण गणखेत बस्ती जोखिम्

नागरिक रैबार/बाजुरा १२ भदौ। बुधबार राति परेको अविरल वर्षाका कारण खारगाणा खोलाको बाढीले कटान गर्न थालेपछि बडीमालिका नगरपालिका वडा नं ८ गणखेतमा रहेको ऐडीबाणाको सिंगो बस्ती नै जोखिममा परेको छ । खोलामा आएको बाढीका कारण बस्तीको मुनिबाट निरन्तर कटान सूरु गरेपछि बस्तीमा रहेका १८ घरधुरीका घरहरु जोखिममा पर्दै गएका हुन् ।
प्रत्यके वर्ष वर्षातको समयमा खारगाणा खोलामा निरन्तर पानीको बहाव बढेर दिनप्रतिदिन धार परिवर्तन गरी बस्ती आसपासको खेतियोग्य जमिन कटान गर्दै आइरहेको छ । खारगाणा खोलाले वर्षायाममा कटान तीव्र पार्न थालेपछि गणखेत एेडीबाडाका स्थानीयहरु चिन्तित बनेका छन् । त्यस्तै  बुधबार राति आएको बाढीका कारण नजिकै रहेका खोली घट्टहरु बगाएको छ भने जमिनसमेत पूर्णरूपमा क्षेती पुगाएको छ ।

बस्ती जोगाउनका लागि खोला नजिकै बडीमालिका नगरपालिकाले गरेको तटबन्धन समेत बुधबार राति आएको उक्त खोलाले बगाएपछि ऐडीबाडा बस्तीका स्थानीयबासीलाई बस्ती बगाउने चिन्ताले पिरोलेकोे छ ।
प्रत्येक वर्ष वर्षातको समयमा यस क्षेत्रका स्थानीयबासीलाई त्रासदी पूर्ण जीवन बिताउन बाध्यता जस्तै बनेको छ । अहिले यहाँका स्थानीयहरुले यस खोलामा आएको बाढीले जमिन कटान गर्दै गएपछि कुन दिन ठाउँ छाडेर भाग्नु पर्ने हो स्थानीय नरबहादुर ऐडीले गुनासे गरेका छन् ।
बाढीका कारण वर्षेनी कटान नियन्त्रण गर्नका लागि सरकारले आफ्नो प्रयास जारी राखेको भए पनि स्थानीय सरकारको पहलले मात्र समस्या समाधान नहुने बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टले बताईन् ।

विज्ञापन


यसको दीर्घकालीन समाधानका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारको समेत सहयोग आवश्यक रहेको र दर्बिलो तटबन्धनका लागि स्थानीय सरकारले प्रदेश सरकारसँग समन्वय गरिरहेकोे उपप्रमुख विष्टको भनाई छ । वर्षैपिच्छेको कटानले आजित यहाँका बासिन्दाले सम्बन्धित निकायसँग दीर्घकालीन समाधानका लागि प्रयास गरिदिन माग गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार