होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘माया’ बनाउँदै अभिनेत्री नीता
मनोरञ्जन

‘माया’ बनाउँदै अभिनेत्री नीता

  • नागरिक रैबार
‘माया’ बनाउँदै अभिनेत्री नीता

काठमाडौं – केही वर्ष अगाडि आफ्नो जन्मदिनको अवसर पारेर फिल्म प्रोडक्सन हाउस सार्वजनिक गरेकी थिइन् अभिनेत्री नीता ढुङ्गानाले । प्रोडक्सन हाउस सार्वजनिक गरेको लामो समय सम्म पनि उनले फिल्म घोषणा गर्न सकिनन् । यस विषयले उनको बारेमा बजारमा विभिन्न सकारात्मक नकारात्मक चर्चा परिचर्चा हुन थालेको थियो ।

अहिले आएर भने उनले फिल्म निर्माण गर्ने घोषणा गरेकी छन् । उनले आफ्नो ब्यानरबाट ‘माया’ नामक फिल्म निर्माण हुने सार्वजनिक गरेकी हुन् ।

समुन्द्र भट्टको निर्देशन रहने फिल्मको अहिले लेखन कार्यभइरहेको छ । लेखन कार्य निर्देशक भट्ट र अभिनेता कोशिश क्षेत्रीले मिलेर गरिरहेका छन् । कोशिश ‘मोक्ष’बाट अभिनयमा डेब्यू गरेका हिरो हुन् । उनको पनि फिल्ममा मुख्य अभिनय रहने बताइएको छ ।

विज्ञापन

हुन त केही पहिले नीताको ब्यानरमा ‘मःम हन्टिङ’ नाममा फिल्म बन्ने चर्चा पनि चलेको थियो । तर नीताले अहिले त्यो फिल्म थाती राखेर ‘माया’को काममा लागेकी हुन् ।

फिल्ममा नीता र कोशिशको मूख्य भुमिका रहनेछ । कोशिशको नै संगीत रहने फिल्मका अन्य कलाकार भने छनौटको चरणमा छन् । पछिल्लो पुस्ताका युवायुवतीहरुको जीवनशैली कथा बनाउन खोजिएको फिल्म भदौ दोश्रो साताबाट छायाँकनका लागि फ्लोरमा जाने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार