होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • महराको बयान आज पनि सकिएन, अझै तीन दिन थुनामै
देश/प्रदेश

महराको बयान आज पनि सकिएन, अझै तीन दिन थुनामै

  • नागरिक रैबार
महराको बयान आज पनि सकिएन, अझै तीन दिन थुनामै

संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान आज पनि सकिएन ।

बयान नसकिएपछि प्रहरीले पुनः तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्दै जिल्ला अदालतमा पेश गरेको छ ।  महरासँगको बयान नसकिएको भन्दै काठमाडौं प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराउन लागेको महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । यसअघि अदालतले थुनामा राखेर थप अनुसन्धान गर्न भन्दै पाँच दिनको म्याद थपेको थियो ।

त्यस्तै, यसअघि २८ असोजमा पहिलोपटक अदालतमा पेश परेका महरालाई पक्राउ गरेको समयसहित १३ दिन थुनामै राखेर अनुसन्धान गर्ने अनुमति दिएको थियो । महरा १९ असोजमा पक्राउ परेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार