होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ २४, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बैतडीको सिगास गाउँपालिकाका सबै वडा सचिवविहीन
देश/प्रदेश

बैतडीको सिगास गाउँपालिकाका सबै वडा सचिवविहीन

  • नागरिक रैबार
बैतडीको सिगास गाउँपालिकाका सबै वडा सचिवविहीन

बैतडीको सिगास गाउँपालिकाका नौवटै वडा सचिवविहीन छन्। वडामा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ। सचिवविहीन रहेका वडामा प्राविधिक सहायकलाई सचिवको जिम्मेवारी दिएर काम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए। साविकको छ गाविसका छ वटा प्राविधिक सहायकलाई नौ वटा वडा हेर्ने गरेर जिम्मेवारी दिइएको छ।

तीन जनाले दुई वडा र अन्य तीन जनाले एक एक वडामा काम चलाइरहेको प्रमुख प्रशासकीय अधिकृत अवस्थीको भनाइ थियो। कर्मचारी समायोजन भएपछि वडा कार्यालय कर्मचारीविहीन भएका हुन्। वडा कार्यालयमा कर्मचारीको अभावले कार्यसम्पादनमा समस्या हुने गरेको र यसले सेवाग्राहीलाई समस्या भएको गाउँपालिका उपाध्यक्ष द्रोपती चन्दले बताए। गाउँपालिकामा समेत दुईजना मात्रै कर्मचारी छन्। रासस

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै