होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा सचिवालय बैठक : एजेन्डामा प्रवेशै नगरी स्थगित
राजनीति

नेकपा सचिवालय बैठक : एजेन्डामा प्रवेशै नगरी स्थगित

  • नागरिक रैबार
नेकपा सचिवालय बैठक : एजेन्डामा प्रवेशै नगरी स्थगित

नेकपाको सचिवालय बैठक एजेन्डामै प्रवेश नगरी स्थगन भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफ्नो युरोप भ्रमणबारे ब्रिफिङ मात्रै गरेका थिए ।

वरिष्ठ नेता झलनाथ खनालका अनुसार अध्यक्ष ओलीले भ्रमणबारे, अर्का अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकलाई जानकारी गराएका थिए । गत २१, २२ र २३ जेठमा बसेको सचिवालय बैठकमा जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्नेबारे छलफल भए पनि नेताहरूबीच सहमति हुन सकेको थिएन ।

शनिबारको बैठक सो एजेन्डामा प्रवेश गरेन । आवश्यक गृहकार्यपछि अर्को बैठक बोलाइने भन्दै अध्यक्ष ओली र प्रचण्डले बैठक समापन गरेका थिए । बैठक सकिएपछि सचिवालयका नेताहरू बालुवाटारमा मुस्लिम समुदायद्वारा आयोजित कार्यक्रममा सहभागी भए ।

विज्ञापन

ओली र प्रचण्डको ब्रिफिङपछि नेताहरूले पार्टीलाई विधिसम्मत तरिकाले सञ्चालन नगर्दा सरकार विवादमा परेको विषय उठाएका थिए । गुठी विधेयक, मिडिया काउन्सिल विधेयकलगायतका नीतिगत विषयमाथि सचिवालयकै तहमा छलफल नहुँदा सरकार स्वतन्त्र ढंगले सञ्चालन भएको र कतिपय निर्णयहरू विवादमा तानिने गरेको नेताहरूको भनाइ थियो ।

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नेता वामदेव गौतमले पार्टीलाई प्रक्रियासम्मत सञ्चालनका लागि छिटो स्थायी समिति बैठक बोलाउनुपर्ने माग गरेका थिए । ‘विधेयकहरूका सन्दर्भमा पार्टीले विधि र प्रक्रिया मिलाएर मात्र अघि बढाउनुपर्छ भन्ने धारणा राखिएको छ,’ बैठकपछि एक नेताले नयाँ पत्रिकासँग भने, ‘नेतृत्वले पार्टीलाई विधानअनुसार सञ्चालन गर्न नसकेकाले छिटो स्थायी समिति बैठक बोलाइनुपर्नेलगायतका विषय पनि विभिन्न प्रसंगमा उठेका छन् ।’

बैठकमा अध्यक्ष ओली र प्रचण्डले राजनीतिक प्रतिवेदन सम्पादनसम्बन्धी काम भइरहेको जानकारी गराएका थिए । महासचिव विष्णु पौडेलका अनुसार बैठकले सम्पादन सकिएलगत्तै राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने निर्णय गरेको छ । लामो समयदेखि प्रतिवेदन प्रकाशन नभएपछि नेकपाको अन्तरिम कार्यनीति जबज कि जनताको जनवादबारे प्रश्न उठेको थियो । सचिवालय सदस्य ईश्वर पोखरेलले अबको कार्यनीति जबज नै हुने भन्दै बहस सुरु गरेपछि अध्यक्ष प्रचण्डले खण्डन गर्दै आएका थिए । नयाँ पत्रिकाबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार