होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • म्याग्दीको कोटखोलामा बाढी, दुई बालिका बेपत्ता, ५ घर बगायो
Breaking News

म्याग्दीको कोटखोलामा बाढी, दुई बालिका बेपत्ता, ५ घर बगायो

  • नागरिक रैबार
[sharethis-inline-buttons]
म्याग्दीको कोटखोलामा बाढी, दुई बालिका बेपत्ता, ५ घर बगायो

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १० बर्षिया शर्मिला परियार र ६ बर्षिया अनिस्का परियार छन्।

शनिबार रातिदेखि अविरल वर्षापछि आएको बाढीले माया परियार, पार्वती परियार, रेशम जुग्जाली र सेते परियारको घर पूर्ण रुपमा क्षति भएको छ भने पाँच घरमा सामान्य क्षति पुगेको छ।

त्यस्तै बुद्ध एकेडेमी विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको छ। विद्यालयको कक्षाकोठा बाढीले पूर्णरुपमा क्षति भएको छ। एक्कासी उर्लिएर आएको बाढीबाट बच्न भागाभाग गर्ने क्रममा दुई बालिका बेपत्ता भएको माया परियारले बताइन्।

विज्ञापन

घरभित्र बाढी पसेपछि भाग्ने क्रममा केही समान्य घाइते समेत भएका छन्। बगरफाँटमा भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। कोटखोलाले धार परिवर्तन गर्दा मानवीय र भौतिक क्षति भएको स्थानीयको भनाई छ।

यसैबीच जिल्लाको विभिन्न स्थानमा बाढीले क्षति पुगेको छ। साभार नागरिक दैनिकबाट












फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति
Breaking News
नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति

प्रेम वि.क.काठमाडौं, साउन ११।नेपालको पहिलो व्यावसायिक सडक सुरुङ नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौंको नागढुङ्गाबाट धादिङको सिस्ने खोलासम्म निर्माण गरिएको २.६८८ किलोमिटर लामो सुरुङमार्गले नौबिसे–काठमाडौं सडकखण्डको यात्रा करिब ३ किलोमिटर छोटो बनाउनेछ।भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले सुरुङमार्गको उद्घाटन गर्दै नेपालमा आगामी दिनमा पनि विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राख्ने […]

  • ४ घन्टा अगाडि

भर्खरै