होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • म्याग्दीको कोटखोलामा बाढी, दुई बालिका बेपत्ता, ५ घर बगायो
समाचार

म्याग्दीको कोटखोलामा बाढी, दुई बालिका बेपत्ता, ५ घर बगायो

  • नागरिक रैबार
म्याग्दीको कोटखोलामा बाढी, दुई बालिका बेपत्ता, ५ घर बगायो

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १० बर्षिया शर्मिला परियार र ६ बर्षिया अनिस्का परियार छन्।

शनिबार रातिदेखि अविरल वर्षापछि आएको बाढीले माया परियार, पार्वती परियार, रेशम जुग्जाली र सेते परियारको घर पूर्ण रुपमा क्षति भएको छ भने पाँच घरमा सामान्य क्षति पुगेको छ।

त्यस्तै बुद्ध एकेडेमी विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको छ। विद्यालयको कक्षाकोठा बाढीले पूर्णरुपमा क्षति भएको छ। एक्कासी उर्लिएर आएको बाढीबाट बच्न भागाभाग गर्ने क्रममा दुई बालिका बेपत्ता भएको माया परियारले बताइन्।

विज्ञापन

घरभित्र बाढी पसेपछि भाग्ने क्रममा केही समान्य घाइते समेत भएका छन्। बगरफाँटमा भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। कोटखोलाले धार परिवर्तन गर्दा मानवीय र भौतिक क्षति भएको स्थानीयको भनाई छ।

यसैबीच जिल्लाको विभिन्न स्थानमा बाढीले क्षति पुगेको छ। साभार नागरिक दैनिकबाट












फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार