होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • कलक रोकाया सानुका दाेहाेरी मुक्तकहरु
मनोरञ्जन

कलक रोकाया सानुका दाेहाेरी मुक्तकहरु

  • नागरिक रैबार
कलक रोकाया सानुका दाेहाेरी मुक्तकहरु

बुढी.
सुनेको छु धेरै घुम्न जान्छौ रे,
साथिको लहैमा भट्टि धाउन्छौ रे।
फोन गर्दा बिजि धेरै ढाट्छौ अरे,
बाहिर जान्छौ सुतेकै भन्छौ रे।
बुढा.
सत्य कसम बाहिर जादै जादैन,
बिश्वास गर प्रिय खादै खादैन।
खेल्छु खान्छु डिउटि गर्छु तर,
काममा साथि बाहिर लादै लादैन।
बुढी.
समयमा डिउटि सधै खटिएर जानु,
सफा सुन्दर चिटिक्क बटिएर जानु।
समय खराब छ ज्यानको ख्याल गरी,
हातहतियार पोशाकमा सजिएर जानु।
बुढा.
बिहान बेलुकी राशन दाल भात खान्छु,
खटिएर डिउटि कमाण्डर संगै जान्छु ।
दोसि र निर्दाेसि छुट्याउने अधिकार पाए,
सत्य सेवा आदान प्रदान खुशि बात लाउन्छु।
बुढी.
लेख बेसि घर खेत सधै धाएकैछु,
हिउद बर्खा खेति मैले लाएकैछु ।
चिन्ता नगर्नु घरको पल्टने मान्छे,
मेहनत गरी गहुजौ फापर अन्न पाएकैछु।
बुढा.
बुवा आमा घर परिवार हेर्नु,
घासपात अनि गाई गोठ गर्नु।
गोरु जोत्ने हलि बुढो घरमा छैन,
हलो जुवा बोकि बीउ खेत छर्नु।
बुढी.
एक्लो छोरो घर छोडी गाछौ,
सत्य सेवा गर्नु प्रहरी भाछौ।
जनताको सेवा गर्न राट्रसेवक बनी,
नाम र सान राख्न यो बर्दि लाछौ।
बुढा.
संकट पर्दा यो ज्यान हाजिर गरिहाल्छु म,
बाढीपहिरो खोलानाला छिटै तरिहाल्छु म,
देशको स्वाभिमान जोगाउनु परेमा म यहाँ,
ज्यान दिन्छु दुस्मन संग सिधै लडिहाल्छु म।
बुढी.
देश बिकासमा सधै अघि सर्नु,
घरको चिन्ता हैन फौज मै रम्नु।
आमाबुवा एक्लै काम गर्न गारो,
निबेदन गर्नु बुढो बिदा दिनु भन्नू।
बुढा.
कैले हुन्छ प्यारी घर बिदा मिलाएर आउला,
आमाबुवा घर परिवार संगै खाना खाउला।
धेरै माया लाग्छ देश भित्रको प्रदेशी लाई,
भेटघाट गर्न यसपालि त आफन्तमा जाउला ।

कलक रोकाया सानु
गौमुल ६ सालिकोट बाजुरा

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार