होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदुरपश्चिममै पहिलो पटक सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा
देश/प्रदेश

सुदुरपश्चिममै पहिलो पटक सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा

  • नागरिक रैबार
सुदुरपश्चिममै पहिलो पटक सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा ल्याईएको छ । केही बर्षदेखि बन्द रहेको चन्दन टाकीजमै नयाँ प्रविधि र स्तरीय सेवा सहित एसटिएस सिनेमा हल सञ्चालनमा ल्याईएको हो । झण्डै २० करोड रुपैयाँ भन्दा बढी खर्च गरी स्तरीय सिनेमा हल सञ्चालनमा आएको हो ।

काठमाण्डौँ पछिको दोश्रो उच्च प्रबिधि भएको एस टि एस सिनेमा हलले यस क्षेत्रका दर्शकहरुको मन जित्न सफल हुने अपेक्षा गरिएको छ । यसअघि सुदूरपश्चिममा एउटा पनि स्तरीय सिनेमा हल नहुँदा सिनेमाका पारखीहरु चलचित्र हेर्नबाट बञ्चित हुँदै गएका थिए । स्तरीय हल नहुँदा चलचित्र हेर्नकै लागि नेपालगञ्ज पुग्ने क्रम पनि बढेको थियो ।

दर्शक पाएन भनेर प्रदेशमा रहेका अधिकासं सिनेमा हल बन्द अवस्थामा छन् भने सञ्चालनमा रहेका अन्य हलहरु पनि अस्तव्यस्त छन् । काठमाण्डौँ र दिल्लीमा रहेका सिनेमा हलमा पाईने सेवा सुबिधा सिनेमा हेर्ने दर्शकहरुले सुदुरपश्चिम प्रदेशम पाईने भएको हो । हलमा थ्री डी प्रविधिबाट सिनेमा देखाइने हलका व्यवस्थापक अभय सिंहले बताए । यस क्षेत्रका दर्शकहरुको आवश्यक्तालाई मध्यनजर गर्दै सिनेमा हल सञ्चालनमा ल्याइएको सिनेमा हलका प्रबन्धक निर्देशक राजकुमार श्रेष्ठले बताए ।

विज्ञापन

हलमा डिजिटल प्रविधिका प्रोजेक्टर, स्टिल मनिटर, चिया तथा कोक स्ट्यान्ड सहितका कुर्सी, भिआइपी तथा डिलक्स कुर्सी राखिएको हलका प्राबिधिक निर्देशक अरुण रिजालले बताए । चार सय जनाले एकै पटक चलचित्र हेर्ने व्यवस्था हलमा गरिएको छ ।

एसि, आरमदायी सिट, धुम्रपान निषेध र आधुनीक प्रविधीयुक्त अन्य उपकरण सहितको सिनेमा हल सञ्चालन भएपछि अव फिल्म हेर्न दर्शकहरु बढ्ने अनुमान पनि गरिएको छ । नेपालकै सिनेमा हल अनुसारकै सुबिधा सम्पन्न सिल्भर स्क्रीन, टप साउन्ड सिस्टम, बस्नका लागी स्तरिय सिट रहेकोले दर्शकहरुले सेवा सुबिधा पाउने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
बाजुरा बिशेष
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि